Thursday, June 11, 2026
Home Blog Page 561
सुर्खेत ।  जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रुपाखेती मृत फेला परेका छन् । उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ  ।  घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् ।पत्रकारसित उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’
काठमाडाैँ । रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने भएको छ। साेमबार बिहान बसेकाे पार्टीको बैठकले सभापति रविकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हाे।बैठकमा सहभागी एक नेताका अनुसार सभापति रविकाे नेतृत्वमा सरकारमा जाने निर्णय भए पनि कुन मन्त्रालयमा जाने भन्नेबारे भने अझै टुङ्गाे लागेकाे छैन। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएकाे समयसीमा अनुसार हिजाे पुस १० गते...
काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई सीआईबीको टोली नियन्त्रणमा लिएको छ ।प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिइएको हो । कास्कीमा सरुवा भएका केसीलाई सरुवा भइ जाने तयारीमा रहेका बेला निवासबाटै नियन्त्रणमा लिइएको हो ।सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको आरोप केसीमाथि लगाइएको छ । प्रहरीले ...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । सरकार गठन तथा सरकारमा सहभागीमा हुने मन्त्रीहरुको नाम तय गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठकका बीचमा नै देउवाले फोन गरेर प्रचण्डलाई बधाई दिएका हुन् ।कांग्रेसका अन्य नेताले पनि फोन गरेर प्रचण्डलाई बधाई दिएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी...
काठमाडौं । प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक ०.९७ अंकले उकालो लागेको छ । यससँगै सूचक १८६८.१८ विन्दुमा आएको छ ।२९ कम्पनीको कुल पाँच हजार २८० कित्ता सेयर खरिदबिक्री भएको र ३४ लाख ९७ हजार ३९७ रुपैयाँको सेयर कारोबार भएको छ ।यो सेसनमा कुल २२ कम्पनीमा उकालो लागेको छ भने ५ को मूल्य घटेको र २ कम्पनी स्थिर छ ।१३...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेका छन्।समितिका अनुसार रातो आलु ५१ रुपैयाँ प्रतिकेजी तोकिएको छ भने गोलभेँडा ठूलो ३६ रुपैयाँ ६७ पैसा प्रतिकेजी रहेको छ। यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो।यस्तै कन्य च्याउ प्रतिकेजी ११० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ४००...
भक्तपुर । भक्तपुरका शिक्षासेवी तथा मेधा स्कुलका प्रार्चाय गंगाधर हाडाको सोमबार बिहान निधन भएको छ । सूर्यविनायकमा रहेको घरबाट विद्यालय आउँदै घर बाटोमा बेहोस भएका हाडाको भक्तपुर अस्पतालमा ल्याउदैं गर्दा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । सामुदायिक विद्यालयलाई अब्बल बनाउन सक्रिय हाडाको निधनले भक्तपुरको शिक्षाक्षेत्रमा ठुलो नोक्सानी भएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् ।
काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटार निवासबाट बुढानिलकण्ठस्थित निजी निवास जान लागेका हुन् ।माओवादी अध्यक्ष प्रचण्डले अपराह्न चार बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । त्यसअघि नै देउवाले बालुवाटारस्थित निवास छाड्ने उनी निकट स्रोतले बतायो ।देउवा बुढानीलकण्ठ फर्किने...