Wednesday, June 10, 2026
Home Blog Page 560
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आज (सोमबार) ५ देखि ७ जनाको मन्त्रिपरिषद् गठन हुने बताएका छन् । सत्ता गठबन्धनको जारी बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘आज ५ देखि ७ जनासम्मको मन्त्रिपरिषद् गठन हुन्छ ।’उनले आफ्नो पार्टी भने सरकारमा नजाने स्पष्ट पारे । सरकार बाहिर बसेर नै राप्रपाले सरकारलाई समर्थन गर्ने उनले स्पष्ट पारे । संघीय संसद्...
काठमाडौँ । प्रदेश नम्बर १ प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण गरेका छन्। सोमबार दिउँसो प्रदेश सभामा सांसदहरूले शपथ ग्रहण गरेका हुन्। उनीहरूलाई जेष्ठ सदस्य नेपाली काँग्रेसका गयानन्द मण्डलले गराएका हुन्।७९ वर्षका उनलाई सोमबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए। उनी मोरङ क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित सांसद हुन्। प्रदेश १ मा नेकपा एमाले ४०, काँग्रेस २९,...
काठमाडौं । जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको हो ।सांसदको रुपमा धेरै काम गर्न सक्ने अवस्था नभएकाले आफ्नो दलले सरकारमा जाने निर्णय गरेको अध्यक्ष सीके राउतले बताए । उनले भने, ‘हामीले उद्योग मन्त्रालय पाएको छ, हाम्रो...
धरान । धरान उपमहानगरपालिकाले धरानमा निर्माणाधीन प्रदेश बन निर्देशनालयको भवन भत्काउने चेतावनीसहितको सूचना टाँसेको छ । धरान उपमहानगरपालिका १५ तीनकुनेमा नक्सा पास नगरी र स्वीकृती नलिई भवन निर्माण गरेको भन्दै मेयर हर्कराज सम्पाङ राईले निर्माण रोक्ने आग्रहसतिको सूचना टाँसेको छ ।‘धरान उपमहानगरपालिकाको क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्दा धरान उपमहानगरपालिकाको अनिवार्य निर्माण स्वीकृति लिनु पर्ने र नक्सा पास गराएर मात्रै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीसहित उपप्रधानमन्त्री दाबी गरेका छन् । नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकमा लामिछानेले गृहमन्त्रीसहित उपप्रधानमन्त्री दाबी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भने माओवादीले गृह र एमालेले अर्थ लिने समझदारी बनिसकेको छ । लामिछानेले बैठक प्रवेश गर्नुअघि मन्त्रालयको टुङ्गो नलागे पनि सरकारमा जाने...
काठमाडौँ । नेकपा एमालेले विष्णु पौडेलको नेतृत्वमा चार जनालाई आजै सरकारमा पठाउने भएको छ । एमालेले पौडेलसहित ज्वाला साह, राजेन्द्रकुमार राई, दामोदर भण्डारीलाई सरकारमा पठाउने तयारी गरेको छ ।आजै शपथ गराउने तयारी गरेको भए पनि पार्टीले अन्तिम निर्णय भने गरेको छैन ।
काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो कार्यकालमा भएका कामहरुको विवरण सार्वजनिक गरेका छन् । उनले आन्तरिक रोजगारी सिर्जना गरेकोदेखि निःशुल्क भिसा र टिकटमा श्रमिकलाई विदेश पठाएकोसम्मका विषय समेटेर आफ्नो कार्यकाल फलदायी भएको दावी गरेका छन् ।नयाँ मन्त्रीमण्डल गठन हुनुअघि सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कुँवरले आफ्नो कार्यकालको उपलब्धिलाई ५३ बुँदामा व्याख्या गरेका छन् । जसमा मन्त्रालयको...
काठमाडौं । सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् ।जसपा अध्यक्ष उपेन्द्र यादव बैठक सुरु भइसकेपछि आएका थिए । बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधि भने देखिएका छैनन् । सत्ता साझेदार दलहरुको तर्फबाट सरकारमा कोको सहभागी हुने भन्ने विषयमा छलफल भइरहेको स्रोतले...
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दल सरकारमा जाने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा राउतले सरकारमा जाने बताएका हुन् ।‘संख्याको हिसाबले धेरै (मन्त्रालय) दाबी गर्ने अवस्था छैन,’ उनले भने । सरकारमा आफैं जाने/नजानेबारे भने यकिन भइनसकेको जनमतका अध्यक्ष राउतले बताए । मधेस प्रदेशमा भने आफ्नो दल निर्णायक भएकाले मुख्यमन्त्रीमा...
सुर्खेत ।  जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रुपाखेती मृत फेला परेका छन् । उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ  ।  घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।