Thursday, October 22, 2026
Home अर्थ यस्ताे छ तरकारीफलफूलको मूल्य

यस्ताे छ तरकारी\फलफूलको मूल्य

77

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेका छन्।

समितिका अनुसार रातो आलु ५१ रुपैयाँ प्रतिकेजी तोकिएको छ भने गोलभेँडा ठूलो ३६ रुपैयाँ ६७ पैसा प्रतिकेजी रहेको छ। यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो।

यस्तै कन्य च्याउ प्रतिकेजी ११० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ४०० रुपैयाँ रहेको छ। यता, ब्रोकाउली ५५ रुपैयाँ, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, तोरी साग ३६ रुपैयाँ ६७ पैसा गान्टे मुला ७६ रुपैयाँ ६७ पैसा रहेको छ।

यसैगरी तामा ९६ रुपैयाँ ६७ पैसा प्रतिकेजीमा पाइन्छ। राजमा घिउ सिमी ११५ रुपैयाँ, घिरौँला ९६ रुपैयाँ ६७ पैसा, तिते करेला ९६ रुपैयाँ ६७ पैसा, प्याज सुकेको ४९ रुपैयाँ भिण्डी ९५,नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनियाँ ५५ रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ।