Thursday, June 11, 2026
Home Blog Page 562
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री भएका छन् । शनिबार कांग्रेससहितको सत्ता गठबन्धन तोडेर एमालेसँग मिल्न पुगेपछि प्रधानमन्त्री बनेका हुन् । शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई बहुमतको प्रधानमन्त्रीमा नियुक्त गरे ।उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी प्रभु...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सरकारमा सहभागी नहुने भएको छ। एमाले र माओवादीको अग्रसरतामा गठन हुन लागेको नयाँ सरकारमा राप्रपा नजाने भएको हो। केही बेरअघि सम्पन्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले देशसञ्चारलाई जानकारी दिए। एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको चार दलको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री...
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । एक नेता भन्छन्, ‘आलोपालो प्रधानमन्त्रीको सहमति भएको छ । अहिले प्रचण्डको...
वीरगञ्ज । भारतीय नागरिक शिवपुजन प्रसाद यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाराको महागढीमाई नगरपालिका–२ निवासी प्रमोद रामलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।प्रमोदलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले मुख्य अभियुक्तलाई पक्राउ परिसकेको स्वीकार गरे । उनले आइतबार क्रिसमसको विदा परेकोले...
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो ।‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’ बैठकमा सहभागी एक नेताले भने ।प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका...
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठबारे छलफल भइरहेको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु सहभागी छिन् । ओली निवास छिर्दै गर्र्दा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि आएको बताए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने कि नहुने बारे निर्णय गर्न छलफलमा जुटेको छ ।अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागिताबारे निर्णय लिन आकस्मिक बैठक बोलाएका हुन् ।बैठकमा काठमाडौंमा उपलब्ध पार्टीका महामन्त्रीदेखि माथिका पदाधिकारी सहभागी छन् । आइतबार नै राप्रपा अध्यक्ष लिङ्देनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी...
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट गएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो ।बैठकअघि अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने संभावना सकिएको ब्रिफिङ गरेका छन् । ‘हामी अब के गर्ने भन्नेबारे निर्णय लिन बैठक बसिरहेका...
काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा भइरहेको छलफलबाट बाहिरिएका छन् ।उनले पार्टीमा छलफल गर्ने भन्दै बाहिरिएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै राईले भने, ‘म छलफल गर्न हिँडेको । हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नुपर्छ ।’बैठकमा सरकार निर्माणको विषयमा छलफल भएको र बालकोट बैठकमा सहभागी दलकै गठबन्धन...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ ।एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर...