Monday, September 28, 2026
Home राजनीति प्रदेश १ का सांसदहरूले गरे शपथ ग्रहण

प्रदेश १ का सांसदहरूले गरे शपथ ग्रहण

83

काठमाडौँ । प्रदेश नम्बर १ प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण गरेका छन्। सोमबार दिउँसो प्रदेश सभामा सांसदहरूले शपथ ग्रहण गरेका हुन्। उनीहरूलाई जेष्ठ सदस्य नेपाली काँग्रेसका गयानन्द मण्डलले गराएका हुन्।

७९ वर्षका उनलाई सोमबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए। उनी मोरङ क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित सांसद हुन्। प्रदेश १ मा नेकपा एमाले ४०, काँग्रेस २९, माओवादी १३, राप्रपा ६, एस ४ र जसपा १ जना सांसद छन्।