खोटाङ : दिप्रुङ चुइचुम्मा गाउँपालिका- ४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार मृत फेला परेकी छिन्। दिप्रुङ चुइचुम्मा-५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत उनी सोमबार राति मार्से सामुदायिक वनमा मृत फेला परेकी हुन्। सहकारी संस्थाका अध्यक्ष सागर तामाङका अनुसार परियार सोमबार साँझ कार्यालयबाट बाहिर निस्केकी थिइन्। राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उनी मार्से सामुदायिक...
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले कार्कीलाई शुभकामना दिएका हुन्। भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको दाहालको सचिवालयले जनाएको छ। यसक्रममा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सिंहदरबारस्थित सङ्घीय संसद्...
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइने बताएका छन्। मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा अनुगमनका लागि पुगेका प्रचण्डले यस्तो घोषणा गरेका हुन्। उनले पार्टी कार्यालयमा ठूलो क्षति पुगेको तर सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा भव्य भवन बनाइने बताए। उनले पार्टीका माइन्युट बचेको र पुस्ताकालय...
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।पार्टीभित्र केही समयदेखि रुपान्तरणको कुरा गर्दै आएका शर्मा जेनजी आन्दोलनपछि नेतृत्वको औचित्य नरहेको निष्कर्षमा पुगेका हुन् । जेनजी युवा आन्दोलनले सकारात्मक सन्देश दिएकाले पार्टी नेतृत्व अब परिवर्तन हुनुपर्ने उनको धारणा छ ।यस विषयमा उनले पार्टी पंक्तिमा छलफल समेत चलाउन सुरु गरेका छन् । छलफलमा...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार बिहान तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा सन्दुक रूइतलाई भेटेकी छन्। प्रधानमन्त्री कार्कीले प्रतिष्ठान नै पुगेर आँखा विज्ञ डा. रुइतसँग भेट गरेकी थिइन्। सोही क्रममा डा रुइतले प्रतिष्ठानका बिरामी छाडेर आफू सरकारमा नजाने बताएका छन्।प्रतिष्ठान परिसरमै संवाददाताहरूले डा रुइत पनि मन्त्री बन्न लाग्नुभएको हो भनी प्रधानमन्त्री कार्कीलाई सोधेका थिए। कार्कीले उक्त प्रश्नको कुनै जवाफ...
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकामा स्थायी रुपमा बस्ने ईन्जिनियर्सद्धारा जेनजी आन्दोलनमा क्षतिग्रस्त भएको बुढानिलकण्ठ वडां नं। १० स्थित कपन प्रहरी प्रभागलाई अत्यावश्यक सामग्री प्रदान गरेको छ । नेपाल आयल निगमका पुर्व कार्यकारी निर्देशक एवं ईजिनियर उमेश थानीको नेतृत्वमा संकलन गरिएको सहयोग मंगलबार प्रहरी प्रभागलाई हस्तारन्तरण गरिएको हो । आन्दोलनमा पुर्ण क्षतिग्रस्त बनेको प्रहरी प्रभागलाई सहयोग होस भनेर ईन्जिनियरहरुले...
काठमाडौं । सरकारी निकायहरुको प्रारम्भिक विवरण अनुसार आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् । दुईपाङ्ग्रे सवारी साधन त नगन्य संख्यामा आगजनी भएको छ । जेनजी युवाको प्रदर्शनको क्रममा काठमाडौंमा मात्रै एक हजार बढी सरकारी सवारी साधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक छ ।आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरुमा...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम यस्तो रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा...
विराटनगर । केही दिन अगाडिको आन्दोलनले गर्दा असहज भएको विराटनगरको मुख्य सडकलाई सहज बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजन लम्साल सक्रिय भएका छन् । ट्राफिक प्रमुख लम्साल आफैँ सडकमा खटेर सवारी आवागमन सहज बनाउन नेतृत्वदायी भूमिकामा देखिएका हुन् ।ट्राफिक प्रहरीको टोलीले विराटनगरको व्यस्त मानिने भाटभटेनी अगाडिको सडक खण्डमा तेर्साइएका डिभाइडर र अवरोधहरू पन्छाएर...
भक्तपुर । नेपाल प्रहरीको कार्यालय र अन्य सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी भवन, नीजि घरहरु समेत ध्वस्त भएका छन् । क्षतिको पूर्ण विवरण आउन अझैं केही दिन लाग्ने देखिन्छ । जीएनजी आन्दोलनको दोस्रो दिन मंगलबार भएको आगजनीको क्रममा भक्तपुर जिल्लामा करोडौैको क्षति भएको छ ।आन्दोलनको क्रममा क्षति भएका प्रहरी युनिट पूनःस्थापना गर्न स्थानियहरु सक्रियका साथ लागेका छन् । भक्तपुर...










