काठमाडौं । भारतीय सञ्चार माध्यमले नेपाली सीमाबाट भारतको बिहार राज्यमा तीन जना आतङ्ककारी प्रवेश गरेको दाबी गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार नेपालको सीमाबाट पाकिस्तानमा आधारित आतङ्ककारी संगठन जैश ए मोहम्मदका तीन जना सदस्य बिहार प्रवेश गरेका हुन् । बिहार राज्यको प्रहरीलाई उद्धृत गर्दै भारतीय माध्यमले दाबी गरेअनुसार नेपालको सीमाबाट रावलपिण्डीका हसनैन अली, उमरकोटका आदिल हुसैन र...
काठमाडौं । अहिले डिभोर्सको कारण चर्चामा बलिउडका चर्चित जोडी गोविन्दा र सुनिता आहुजा छन् । यो जोडीको डिभोर्सको मुद्दामा मुम्बई हाई–कोर्टमा सुनुवाइ जारी छ । तर, यी दुवै दम्पती गणेश चतुर्थीमा एकसाथ देखिएका छन् । यसले भने केही सकारात्मक सन्देश दिन्छ । गणेश चतुर्थीको अवसरमा गोविन्दा–सुनिताले मुम्बईस्थित घरमा गणेश पूजामा सँगै भाग लिएका छन् । उनीहरूले पापाराजीलाई...
काठमाडौं । काठमाडौं महानगरभित्रका सार्वजनिक सार्वजनिक स्थानमा तपाई धुम्रपान गर्नेलाई जरिवाना तिराउने छ। तपाईंले किनेको २० रूपैयाँ खिल्लीको चुरोटले ५०० रूपैयाँ जरिवाना तिराउन सक्छ । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले भदौ १ गतेदेखि सार्वजनिक स्थानमा अनुगमन गर्दै त्यसरी धुम्रपान गर्नेलाई यतिखेर धमाधम जरिवाना तिराएको छ।काठमाडौं महानगरपालिकाले असार ३२ गते सम्पन्न नगर सभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि पारित आर्थिक...
नुवाकोट । प्रहरीले नुवाकोटको होटलमा जुवा खेलेको भन्दै २२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना महिलाहरु समेत छन् । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका एसपी दुर्गाराज रेग्मीका अनुसार, शिवपुरी गाउँपालिका–६, गर्जुमा रहेको बार्दली इन होटलमा कौडा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।डीएसपी विक्रम लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १० लाख ७१...
काठमाडौं । यसपालिको दशैंको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट लामो टिजरमा फिल्मका मुख्य अभिनेता हरिवंश आचार्य हाबी देखिएका छन् । उनलाई टेलिभिजनको चर्चित पात्र हरिबहादुरको भूमिकामा देख्न सकिन्छ । चोरीको आरोपमा जेल जीवन भोगेपछि हरिबहादुरले समाजमा पुनर्स्थापित हुन गरेको संघर्षलाई टिजरले हास्य शैलीमा प्रस्तुत गरेको छ । यसमा...
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा छापावाल सुन तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ कायम थियो । यस आधारमा बिहीबार छापावाल सुनको मूल्य ४०० रुपैयाँ बढेको हो । यसैबिच...
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा एसपी बालनरसिंह राणाको जिम्मेवारी खोसिएको छ । कैलाली कारागारमा एक जनाको ज्यान जाने गरी भएको घटनामा राणाको जिम्मेवारी खोसेर प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।कैलालीको नयाँ एसपीको रुपमा नरेन्द्र चन्दलाई पठाइएको प्रहरी हेडक्वाटर स्रोतले बतायो । चन्द केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत थिए । २३ साउनमा कैलाली कारागारमा झडप हुँदा...
डडेल्धुरा । जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बिहीबार बिहान सवा ९ बजेतिर नवदुर्गा गाउँपालिका-५ चौडमा से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी...
हेटौंडा । दुई पाङ्ग्रे सवारीमा चालकले हेल्मेट नलगाएको पाइएमा इन्धन नदिन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मातहतका निकायलाई निर्देशन दिँदै बानियाँले इन्धन लिन आएका सवारीका चालकले हेल्मेट नलगाएको अवस्थामा इन्धन नदिन निर्देशन दिएका हुन् ।बागमतीमा बढ्दो सवारी र दुर्घटनालाई न्यूनीकरण गर्न हेल्मेटको प्रयोग अनिवार्य गर्नुपर्ने मातहतका निकायको राय, सुझावपछि बानियाँले ‘नो...
भक्तपुर । भक्तपुर नगरपालिकाले यस वर्ष पनि विगतका वर्षहरुमा झैं सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गर्ने भएको छ । नगरपालिकाको आयोजनामा २०८२ भदौ २२ गते हुने सांस्कृतिक सम्पदा पदयात्राबारे आज सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सम्पदा पदयात्रा, सांस्कृतिक प्रतियोगिता, सांस्कृतिक गुरु सम्मानलगायतका गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।...










