Wednesday, October 14, 2026
Home समाज सामुदायिक वनमा मृत युवती फेला

सामुदायिक वनमा मृत युवती फेला

13

खोटाङ : दिप्रुङ चुइचुम्मा गाउँपालिका- ४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार मृत फेला परेकी छिन्। दिप्रुङ चुइचुम्मा-५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत उनी सोमबार राति मार्से सामुदायिक वनमा मृत फेला परेकी हुन्। सहकारी संस्थाका अध्यक्ष सागर तामाङका अनुसार परियार सोमबार साँझ कार्यालयबाट बाहिर निस्केकी थिइन्। राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उनी मार्से सामुदायिक वनको झाडीमा मृत फेला परेकी हुन्।