Wednesday, September 23, 2026
Home समाचार प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेट

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेट

11

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले कार्कीलाई शुभकामना दिएका हुन्। भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको दाहालको सचिवालयले जनाएको छ। यसक्रममा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा भएको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराए। प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातिर लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका हुने प्रतिक्रिया दिइन्।