काठमाडौं । भक्तपुरमा “पीडित–केन्द्रित अन्तरर्वाता मोडेल विषयक दुई दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आफन्त नेपाल, ललितपुर र न्यायाधीश समाज, नेपाल, काठमाडौंको संयुक्त आयोजनामा भदौ १३ र १४ गते
पीडितप्रति संवेदनशील भई न्यायिक प्रक्रियामा पीडितको पुनःआघातबाट जोगाउँदै मनोवैज्ञानिक रूपमा सुरक्षित वातावरण तयार बनाउनु कार्यक्रमको उद्देश्य रहेको थियो । अनुसन्धानकर्ता, अभियोजनकर्ता, माननीय न्यायाधीश तथा अदालतका अधिकृतहरुको सीपमा अभिवृद्धि गराउनु नै...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। कोशी प्रदेश र मधेश प्रदेश लगातय देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, र बागमती प्रदेशका थोरै स्थानहरूमा...
भक्तपुर । मानवबस्तीमा आईपर्ने दैविक तथा प्राकृतिक विपत्तिलाई पन्छाउने उद्देश्यका साथ मध्यपुरथिमि नगरपालिकाका बिरेन्द्र भक्त गजु श्रेष्ठले चौथों पटक जिब्रो छेड्ने भएका छन् । १० इन्चको फलामको सुइँरोबाट जिब्रो भाद्र शुक्ल पुर्णिमा दिन श्रेष्ठले जिब्रो छेड्न लागेका हुन् । वि.स २०२६ सालमा रोकिएको यो जात्रा २०५० सालमा फेरि सुरु भएर रोकिदैं आएको थियो । २०७४ सालबाट निरन्तर कायम रहेको...
हामीले मान्दै आएकाछौं पिता परिवारको पिलर हो, जसले पूरा परिवारलाई आफ्नो काँधमा बोकेर हिँडिरहेको हुन्छ । आफ्ना छोराछोरीका आकांक्षा, उद्देश्य र सपनाहरूका लागि हरक्षण संघर्ष गरिरहेको हुन्छ । पिताको भूमिका केवल आर्थिक सहयोगमा सीमित छैन । भावनात्मक, नैतिक र सामाजिक जिम्मेवारी पनि उत्तिकै हुन्छ ।यहाँ केही त्यस्ता फिल्मको चर्चा गर्न लागिएको छ । यसमा पितालाई एक यस्तो व्यक्तित्वको रूपमा...
सन् १९८८ मा राजकुमारी डायना जब रोयल आस्कटमा पुगिन्, त्यहाँ उनको पोल्का डट (थोप्ला) भएको पहिरन र आकर्षक टोपीले सबैको ध्यान खिचिरहेको थियो । त्यसको करिब तीन दशकपछि सोही घोडा दौड कार्यक्रममा वेल्सकी राजकुमारी क्याथरिनले पनि आफ्नी दिवङ्गत सासूको जस्तै पहिरन लगाएर गएकी थिइन् । त्यसबेला पनि माहोल उस्तै भयो ।डिजाइनर अलेस्सान्द्रा रिचले बनाएको त्यो लुगाको घाँटी लामो थियो...
काभ्रेपलाञ्चोक । मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बुधबार बिहान अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगदसहित मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ ।
भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता राजेन्द्रकुमार पौडेलले टोली मालपोत कार्यालय काभ्रेमा...
काठमाडौं : नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते बिहीबार अपराह्न ३ः०० बजे सचिवालय बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ। उनले बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि...
वि.स २०७९ सालको स्थानिय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित हुनु भएका रमेश बुढाथोकीसंग स्थानिय सरकारको न्यायिक समितिले गरेका कामको बारेमा नयाँ नेपाल न्यूजका कार्यकारी सम्पादक हेमराज ढकालले गर्नु भएको कुराकानीको सम्पादित अंशः
नमस्कार
–नमस्कारतपाँईहरु निर्वाचित भएर आएपछि अहिलेसम्म कतिवटा मुद्धाहरु न्यायिक समितिमा दर्ता भएका छन् ?
–हामी निर्वाचित भएर आएपछि अहिलेसम्म चाँगुनारायण नगरपालिकाको...
काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। भदौ १९ गते अपराह्न ३ बजेका लागि सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरू ९राजनीतिक, सांगठनिक, विधान संशोधन र आयोगका प्रतिवेदन० छलफल गरी पारित गर्न सचिवालयय बैठक बोलाइएको हो।
एमालेमा विधान महाधिवेशनअघि दस्तावेजहरू केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने परम्परा थियो। विधान महाधिवेशनअघि पनि...
काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरामा श्रीमतीको हत्या गरेर श्रीमान्ले भान्छामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको छ । प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भएका ३६ वर्षीय किरण गुरुङ विगत आठ वर्षदेखि पातलेपाखरामा घर खरिद गरेर बस्दै आएका थिए ।उनी ३४ वर्षकी श्रीमती सुमित्रा...










