चीन जाने यात्रुलाई अब क्वारेन्टिनमा बस्न नपर्ने

150

काठमाडौं । कोरोना संक्रमणको नयाँ लहर बढिरहे पनि चीनले विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउने भएको छ । आगामी ८ जनवरीदेखि चीन जाने विदेशी यात्रुहरु क्वारेन्टिनमा बस्नुपर्ने छैन ।

सन् २०२०को मार्च महिनायता चीन जाने सबै विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम थियो । यद्यपि क्वारेन्टिमा बस्नुपर्ने अवधि सुरुमा तीन हप्ता रहे पनि त्यसलाई घटाउँदै पाँच दिनमा कायम गरिएको थियो । चीन सरकारले केही दिनयता लगातार कोभिडसँग सम्बन्धित प्रतिबन्धहरु खुकुलो बनाउँदै लगेको छ ।

नयाँ नियम अनुसार चीनले कोभिडलाई ए श्रेणीको संक्रामक विरामीबाट बी श्रेणीमा झारेको चीनको स्वास्थ्य आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसको अर्थ अब क्वारेन्टिनमा बस्नुनपर्ने बीबीसीको समाचारमा उल्लेख छ ।