Sunday, September 27, 2026
Home राजनीति काठमाडौंमा डेरा खोज्दै सिके राउत

काठमाडौंमा डेरा खोज्दै सिके राउत

141

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन्।

४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले प्रत्यक्षतर्फ एक सिट जितेको छ। समानुपातिकतर्फ पाँच सिट जितेको राउतको पार्टीसँग ६ सिट रहेको छ। राउतको पार्टीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ।

सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घर–डेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन्। ‘काठमाडौं बस्न डेरा–घर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन्।