काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै पदभारसमेत ग्रहण गरिसकेका छन् ।सोमबार प्रचण्डले पदभार ग्रहण गरे पनि देउवाले बुधबार प्रधानमन्त्रीको सरकारी निवास छाडेका हुन् । बुढानिलकण्ठस्थित आफ्नो निजी निवास मर्मत भइरहेकाले देउवा बसुन्धरामा भाडाको घरमा सरेका छन् । २८ असार २०७८ मा प्रधानमन्त्रीको...
सप्तरी । सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन्।घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका- ४ सिल्हटका ८० वर्षीय मुक्ति राउत (पाल)को मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिएका छन्।हजुरबुबालाई जोगाउन गएका राउतकै नाति २५ वर्षीय धर्मदेव आगलागीमा परेर घाइते भएका छन्।...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् ।प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । अहिले उनीहरूबीच वार्ता चलिरहेको छ ।यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।सुनको मूल्य प्रतितोला चार सयले बढेपछि छापावाल सुनको भाउ प्रतितोला एक लाख एक हजार एक सय तोकिएको छ । मंगलबार एक लाख सात सयमा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ सय रुपैयाँ कायम भएको छ। ।त्यस्तै आज चाँदीको...
काठमाडौं । प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को दुई समूहबीच झडप हुँदा खुकुरी प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अनेरास्ववियुका कार्यकर्ता समीप बडाल पक्षधरबीच झडप भएको थियो । खुकुरी प्रहार गरेको आरोपमा ४...
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)ले बुधबार संसदीय दलकाे नेता छनाेट गर्दैछ।संसदीय दलकाे नेता छनाेटका लागि पार्टीले आज निर्वाचन गर्दैछ। मतदानकाे समय दिउँसाे साढे २ बजेदेखि साढे तीन बजेसम्म ताेकिएकाे पार्टी निकट स्राेतले जनाएकाे छ।मतदान हुनुभन्दा अगाडि मनाेनयन दर्ता हुनेछ। यसका लागि बिहान ११ बजेदेखि १२ सम्मकाे समय दिइएकाे छ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीकाे रूपमा समर्थन गर्ने...
दोहा । रोजगारीका लागि गएका १३ नेपाली युवा मलेसियामा अलपत्र परेका छन्। ग्लोबल रिक्रुटमेन्ट प्रालि म्यानपावरका मेनेजर हरि घिमिरेमार्फत मलेसिया पुगेका सुनसरीका ९ र रुकुम पश्चिमका ४ जनासहित १३ जना अलपत्र परेका हुन्।आफूहरू अहिले मलेसियाको निलाई ७ मा अलपत्र परेको पीडितहरूले बताएका छन्। १८ कात्तिकमा मलेसिया आएको अलपत्र मध्येका एक रुकुम चौरजहारी नगरपालिका वार्ड नं ११ का टेकबहादुर केसीले...
काठमाडौं । सात दलीय सत्ता गठबन्धनमा आबद्ध दलहरूले मन्त्रीमण्डलमा पठाउने सम्भावित सांसदहरूको सूची तयार पार्न थालेका छन् । सोमबार ७ मन्त्रीसहित शपथ लिएका नव नियुक्त प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानेलगायत नेताहरूले पार्टीबाट क–कसलाई मन्त्री बनाउने भन्ने गृहकार्य थालेका हुन् ।सत्ता गठबन्धनमा आबद्ध...
काठमाडौं । प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ ।झडपमा परेर तीनजना घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।के विषयमा झगडा भएको स्पष्ट नभए पनि विद्यार्थीकै गुटको झगडा हुनसक्ने क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताए । उनले भने, ‘प्रहरीले चार जनालाई पक्राउ गरेर लगेको छ,...
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदीय दल निर्वाचनको समीक्षा र आगामी केन्द्रीय समिति बैठकका रणनीतिबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कोइराला पक्षबाट कांग्रेस महामन्त्री गगन थापाले प्रतिस्पर्धा गरेका थिए । तर थापा ३९ मत...










