काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पदमा पनि दाबी गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निर्माणमा निर्णायक रहेको रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् ।उपराष्ट्रपति, उपसभामुख र मन्त्रालय बाँडफाँटबारे छलफल गर्न बुधबार दिउँसो २ बजे सत्तारुढ दलहरुको बैठक बोलाइएको छ ।रास्वपाका एक सांसदका अनुसार पार्टी नेतृत्वले उपसभामुख र ५ वटा मन्त्रालयका लागि...
काठमाडौं । काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन ।पोखराको उडान १ जनवरी २०२३ देखि नयाँ विमानस्थलमा सर्दैछ । सो विमानस्थलबाट अब रात्रिकालीन उडान समेत हुने भएको छ ।बुद्ध एयरले यो विमानस्थलमा २३ जनवरीदेखि रात्रिकालीन उडान थाल्ने गरी मिति तय गरेको हो । कम्पनीले पोखरालाई हब बनाएर मुलुकका विभिन्न गन्तव्यमा उडान...
वीरगञ्ज । प्रहरीले वीरगञ्ज-२५ सिर्सियाका १४ वर्षीय निरजकुमार पासवानको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज-१७ अलौं बस्ने कृष्णा भन्ने श्यामप्रसाद यादव र धोविनी गाउँपालिका-१ घोडदौड पिप्रा घर भई वीरगञ्जमै बस्दै आएका ३० वर्षीय दिलीपकुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर प्रहरीले घटनामा उनीहरुको संलग्नता रहेको दाबी गरेको छ...
काठमाडौँ । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय यादव चयन भएका छन्।संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।यादव सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन्। दलका नेताका लागि अशोक राई, राजकिशोर यादव र रामसहायबीच प्रतिस्पर्धा थियो। तर, अन्त्यमा यादवलाई सर्वसम्मत दलको नेतामा चयन गरिएको हो।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार मात्र वालुवाटार सर्ने तयारी गरेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बालुवाटार छोडेर धुम्बाराही सरेपछि प्रचण्डले सर्ने तयारी गरेका हुन ।प्रचण्ड सचिवालयले बालुवाटारमा आज सरसफाइ गर्ने र भोलि मात्रै सर्ने अनलाइनखबरलाई बतायो । बालुवाटार निवासमा महंगा सरसमान खरिद नगर्र्न प्रचण्डले निर्देशन दिएका थिए ।
काठमाडौं । चीनले रसुवागढी नाकाबाट ३१ महिनापछि नेपाली सामान भित्र्याएको छ । नेपालबाट चीनतर्फ मंगलबार भन्सार पास भएर सुख्खा बन्दगाह हुँदै गएका ६ वटा ट्रकलाई बुधबार केरुङमा भव्य कार्यक्रम गरेर चीनले आफ्नो मुलुकमा स्वागत गरेको हो ।‘केरुङ/सुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार आजदेखि सुरु भएको छ । नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्,’ नेपालस्थित चिनियाँ...
काठमाडौं । जनकपुरधामदेखि जयनगरसम्म चल्ने रेलले चेपिएर एक जनाको मृत्यु भएको छ । जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले चेपिएर धनुषाको नगराइन नगरपालिका- २ का ३५ वर्षीय पुरन सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।विदेह नगरपालिकास्थित विदेही स्टेशनमा रेल चढ्न लागेको अवस्थामा रेलको लिकमा खुट्टा फसेर उनको मृत्यु भएको हो । गुडिसकेको रेलमा जबर्जस्ती चढ्न लाग्दा खुट्टा फसेर तल रेल्वे...
काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी नै छ । एक समूहले अशोक राई वरिष्ठ नेता भएको र उनी नै संसदीय दलको नेता...
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका शीर्ष नेताहरूले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् ।बैठकको निष्कर्ष सुनाउँदै नेता अर्जुननरसिंह केसीले भने सभापति शेरबहादुर देउवाको टिम अपरिपक्क र स्वार्थमा केन्द्रित सत्ता लिप्सामा आधारित भएकोले गठबन्ध टुटेको निष्कर्ष निकालिएको बताए ।‘जुन खालको घटनाक्रम भयो त्यो दु:खद र अपरिपक्क, स्वार्थमा केन्द्रित र सत्ता लिप्सामा आधारित देखियो,’ उनले थपे, ‘त्यसले...
पोखरा । गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गापनियताको सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पर्वतको प्रदेश सभा २ बाट निर्वाचित ६५ वर्षीय बस्याललाई बुधबार सपथ खुवाएका हुन् ।एमालेबाट निर्वाचित सांसद बस्याल कानुनमन्त्री विन्दुकुमार थापाभन्दा २ दिन जेठो हुँदै ज्येष्ठ सदस्यका हैसियतले अब प्रदेश अधिवेशनको अध्यक्षता गर्ने भएका छन् । गण्डकीका बाँकी ५९...









