खुकुरी प्रहार गरेको आरोप, आरआर क्याम्पसमा चार जना पक्राउ

130

काठमाडौं । प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को दुई समूहबीच झडप हुँदा खुकुरी प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अनेरास्ववियुका कार्यकर्ता समीप बडाल पक्षधरबीच झडप भएको थियो । खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ । पक्राउ पर्नेमा कृष्ण गिरि, झलक तामाङ, दूतराज लामा र सविन निरौला छन् ।

खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन् ।