Friday, September 18, 2026
Home राजनीति राष्ट्रिय सभा सदस्य उपचुनावका लागि दल दर्ता आह्वान

राष्ट्रिय सभा सदस्य उपचुनावका लागि दल दर्ता आह्वान

142

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपचुनावको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आगामी माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावका लागि आयोगले आइतबार सूचना जारी गर्दै संविधानको धारा २ सय ७१ अनुसार दल दर्ता गर्न आह्वान गरेको हो।

निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूले पुस २५ गतेदेखि २८ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सक्ने छन्। दल दर्ता गर्ने प्रयोजनका लागि सार्वजनिक बिदाको दिन समेत आयोगको कार्यालय खुला हुने सूचनामा उल्लेख छ। लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उपचुनाव हुँदैछ। प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि सो पद रिक्त थियो।