अनुसन्धानमा सघाउन गृहमन्त्री रविको आग्रह

77

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।

सरकारले उक्त घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाउनुका साथै नेपाल प्रहीको केन्द्रीय अनुशन्धान ब्युरो सीआईबीले विशेष टोली परिचालन गरि छानबिन गरिरहेको भन्दै गृहमन्त्रीले धर्ना र आन्दोलनका सबै गतिविधि छोडेर छानबिनका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

मन्त्री भएर आएपछि लामिछानेले धर्नामा रहेकी रुबी खानलाई दुई पटक टेलिफोन गरि यो घटनामा सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सघाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

यसअघि गत सोमबार लामिछानेले गृह मन्त्रालयमा गृह सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई सत्यतथ्य छानबिन गरि प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए ।