धनगढी । सुदूरपश्चिममा मंगलबार प्रदेश सभाको सभामुखका लागि मनोनयन दर्ता हुने भएको छ ।प्रदेश सभा सचिवालयले निर्वाचन प्रयोजनका लागि जारी गरेको सूचनाअनुसार मंगलबार बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने समय दिइएको छ ।निर्धारित समयभित्र सभामुखमा उम्मेदवारी दिने विषयमा दलहरू आन्तरिक छलफलमा जुटेका छन् । एमाले नेतृत्वको गठबन्धनमा भागबन्डाका क्रममा सभामुख पाउने माओवादी...
काठमाडौं । प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो तेस्रो कार्यकाल हो । पहिलो र दोस्रो कार्यकालको परीक्षाको अनुभवका आधारमा सामना गर्न तयार भएका प्रचण्डका लागि यो तेस्रो परीक्षा हो । यो परीक्षा सामना गर्नुको विकल्प प्रचण्डका लागि छैन । उनको सफलता र असफलतामा मुलुकको विकास र समृद्धिको सफलता र असफलता पनि जोडिएको छ । हामीलाई मुलुकको सफलताको विकल्प खोज्ने सुविधा छैन ।प्रचण्ड...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
पहाडी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका भू-भागमा हुस्सु/कुहिरो लागेको छ।
२०७९ पुस २७ गते (बुधवार)
दिउँसोː...
काठमाडौं । नेपाली कांग्रेस प्रतिपक्षमा नबस्ने भएको छ । उसले वर्तमान सरकारलाई मत दिएको हो । आजको प्रतिनिधिसभाको बैठकमा २७० जना उपस्थित थिए । जस मध्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६८ मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका...
मङ्गलबार भएको कार दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । इरानको खोरासान रजावी प्रान्तको नेशाबुरबाट फिरोजेह जाने सडकमाखण्डमा मङ्गलबार बिहान यात्रुवाहक कार र ट्रक ठोक्किदा भएको दुर्घटनामा पाँच यात्रुको मृत्यु भएको खोरासान रजावी प्रान्तको रेड क्रिसेन्ट राहत तथा उद्धार समितिका प्रमुख अबोलफजल रफीले जानकारी दिएका छन् । गाडी सडकमा चिप्लिदा सो दुर्घटना भएको बताइएको छ...
काठमाडौं । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ आज काठमाडौँ आइपुगेको छ ।
गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान ९ बजे काठमाडौँ आइपुगेको हो । गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो । काठमाडौँ आउने क्रममा तारकेश्वर वडा...
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिब एवम सांसद प्रेम सुवालले आफूले सरकारलाई समर्थन नगर्ने र प्रतिपक्षमा बस्ने बताए।मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा बैठकमा सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले आफूले प्रधानमन्त्री प्रचण्डलाई समर्थन नगर्ने बताए।उनले ठुल्ठूला भ्रष्टाचारमा संलग्नहरुलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।उनले बलात्कारको जघन्य अपराधमा संलग्न, मानव अधिकारको गम्भीर उलंघनकर्ता र...
यौन स्वास्थ्य । अधिकांश मानिस यौन चिकित्सकलाई दुई प्रश्न सोध्ने गर्छन् । पहिलो – यौन जीवनलाई कसरी सुन्दर बनाउन सकिन्छ रु अर्को – कसरी लामो समयसम्म यौन सम्पर्क कायम राख्न अथवा उत्तेजित रहन सकिन्छ रु यहि प्रश्नलाई आधार मान्ने हो भने पनि मानिसहरु रोमाञ्चक यौन जीवनको चाहाना राख्छन् । सुन्दर यौन जीवनका लागि केहि कुरामा ध्यान दिनु जरुरी छ...
काठमाडौं । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पाउनुभएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मा थपलियालाई तोकेको हो ।
त्यस्तै, उक्त बैठकले प्रादेशिक संरचना निर्माणका लागि सङ्घीय सरकारसमक्ष पठाइएको जग्गा प्राप्ति सम्बन्धी सिफारिसको अनुगमन गर्ने निर्णय गरेको छ । उक्त विषयमा थप पहल...
रुपन्देही । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन्। प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका हुन्।प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए। प्रदेशको भागवण्डा टुङ्गिएपछि लुम्बिनीमा नेकपा (एमाले)ले मुख्यमन्त्री पाउने सहमति भएको छ। लुम्बिनीमा एमाले...










