प्रतिपक्षमा बसेन कांग्रेस, प्रचण्डलाई २६८ मत

37
तस्विरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । नेपाली कांग्रेस प्रतिपक्षमा नबस्ने भएको छ । उसले वर्तमान सरकारलाई मत दिएको हो । आजको प्रतिनिधिसभाको बैठकमा २७० जना उपस्थित थिए । जस मध्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६८ मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।