Tuesday, May 19, 2026
Home Blog Page 529
काठमाडौँ । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ३.५८ अंकले उकालो लागेको छ। यससँगै सूचक २२१५.३४ विन्दुमा आएको छ।३६ कम्पनीको १० हजार ५३२ कित्ता सेयर खरिदबिक्री हुँदा ३६ लाख ३७ हजार ७८६ रुपैयाँको सेयर कारोबार भएको छ।यो सेसनमा कुल २८ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ। साथै एक कम्पनी स्थिर रहेको छ।यता, १३ उपसुचकहरु मध्ये ७ कम्पनीमा...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् । मंगलबार बिहान आफ्नै निवास धुम्बाराहीमा बसेको बैठकमा देउवाले विश्वासको मत दिनु पर्ने बताएका थिए । तर कांग्रेसका पदाधिकारीबीच एक मत हुन सकेन ।विश्वासको मत दिन नहुने मत राखेका नेताहरुले यसबारे केन्द्रीय समितिले निर्णय गर्नु पर्ने माग गरेका थिए...
काठमाडौँ। सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीको अवसरमा भोलि (बुधबार) देशभर विदेश स्थित नेपाली राजदूतावास र कूटनैतिक नियोगहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले धुम्बाराहीमा बसिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न संसदीय बैठक अघि पदाधिकारी छलफलमा जुटेका हुन्।सोमबार धुम्बाराही पुगेका प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन्। कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ। आधिकारिक निर्णय गर्न केहीबेरमा संसदीय दलको बैठक बस्नेछ। २७५ सदस्यीय...
काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ । बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो ।संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारण बैठक १ बजेलाई सारिएको उल्लेख छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ । पार्टी...
हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ लिएका छन् । बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा सोमबार नियुक्त जम्कट्टेलले भोलिपल्ट प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन्।मुख्यमन्त्री जम्कट्टेलसहित नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्वव थापाले मन्त्री पदका  पद तथा  गोपनीयताको शपथ लिएका छन् । थपलियालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने राप्रपाका...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।आज बिहान ११ बजे सुरु हुने बैठकमा प्रचण्डले प्रधानमन्त्रीका लागि विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि सबै दलका सांसद र स्वतन्त्र सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको छ।नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि...
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्ने छ ।पदाधिकारी बैठक लगत्तै संसद भवन नयाँबानेश्वरमा संसदीय दलको बैठक बस्ने छ । सो बैठकले विश्वासको मतबारे औपचारिक निर्णय गर्ने छ ।आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहेको छ...
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवैध रुपमा सञ्चालनमा रहेका छ वटा क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० मा गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । जिल्लामा कूल सात वटा क्रसर उद्योग रहेकोमा एउटा यस अघिनै बन्द थियो । मन्त्रालयको परिपत्रको पालना गर्दे नियमविपरीत सञ्चालनमा रहेका क्रसर...