Sunday, September 27, 2026
Home समाचार माघ ७ गते प्रतिनिधी सभाको उपसभामुख पदको निर्वाचन हुने

माघ ७ गते प्रतिनिधी सभाको उपसभामुख पदको निर्वाचन हुने

64

काठमाडौं । माघ ७ गते पर्सी शनिबार उपसभामुख चयनका लागि निर्वाचन हुने भएको छ।
ज्येष्ठ सदस्य पशुपतिशम्मेर जबराले शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने र उक्त बैठकमा उपसभामुख चयन गरिने बताए।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकले नेकपा एमालेका सांसद देवराज घिमिरेलाई सभामुख चयन गरेको छ। नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने भने पराजित भइन्। उपसभामुखको निर्वाचन कार्यतालिका पनि प्रकाशित गर्न ज्येष्ठ सदस्यले निर्देशन दिएका छन्।
उपसभामुखमा दलहरूले कसलाई उम्मेदवार बनाउने टुंगो लागिसकेको छैन।