Home Blog Page 457
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो बैठक बसेको हो।समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न सचिवालय बैठक बसेको बताइएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पुरानै कार्य विभाजनलाई कायम राखेको छ । जसअनुसार सङ्गठन विभाग प्रमुखमा जनार्दन शर्मा प्रभाकर नै कायम भएका छन् भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले निरन्तरता पाएका छन् । दुवै उपमहासचिव हुन् ।वरियतामा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरूमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन् ।...
काठमाडौँ । व्यवसायीहरूको अपेक्षा विपरीत राष्ट्र बैंकले बजारमा तरलता बढाउने गरी नीतिगत दर परिवर्तन नगर्ने भएको छ। शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले अहिले कायम नीतिगत दर नचलाउने सङ्केत गरेको हो।हाल वाणिज्य बैंकहरूसँग दुई खर्ब हाराहारी कर्जा लगानी योग्य पुँजी रहेपनि उनीहरू अलि सचेत भइरहेकोले बजारमा पैसाको प्रवाह नै रोकिएको व्यवसायीहरूले बताउँदै आएका छन्।...
काठमाडौँ । मलेसियासँग सन् २०१८ मा गरिएको श्रम समझदारी पत्र (एमओयू) पुनरावलोकन गरिने भएको छ । त्यसका लागि अक्टोबरमा मलेसियन प्रतिनिधि नेपाल आउनेछन् । सम्भवतः मलेसियाका श्रम मन्त्री नै नेपाल आउन सक्नेछन् । त्यसका लागि मलेसियास्थित नेपाली राजदूतावासले गृहकार्य गरिरहेको छ ।यसअघि २ फेब्रुअरी २०२३ मा मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माली नेपाल भ्रमणमा आएका थिए । भ्रमणको...
काठमाडौँ । सरकारी वकिलको कार्यालय काठमाडौँले सत्ता-बहिर्गमित रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ ।  आफू कहाँ पेस भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान थालेको हो ।सरकारी वकिलको कार्यालय काठमाडौँका एक सरकारी वकिलले भने, ‘हामीले आज मात्रै निर्णय गरेर जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागमा उहाँको बारेमा विस्तृत विवरण...
काठमाडौँ । नेकपा माओवादी केन्द्रले फागुन ५ गतेसम्म प्रदेश समन्वय समितिको बैठक सक्ने तयारी गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटीको बैठकले प्रदेश १ र बागमतीमा माघ २७, मधेस २८, गण्डकी २९, लुम्बिनी र सुदूरपश्चिम फागुन २, कर्णाली र प्रवास फागुन ३, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशको फागुन ३ गते गर्ने निर्णय गरेको हो ।यस्तै, दुई महिने...
काठमाडौँ । निर्वाचन आयोग र विभिन्न राजनीतिक पार्टीका नेताहरुबीच निर्वाचन प्रणालीबारे छलफल भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बिहीबार निर्वाचन प्रणालीबारे छलफल भएको हो । यसअघि नीति अनुसन्धान प्रतिष्ठानले निर्वाचन प्रणालीबारे अध्ययन प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएको ।सोही आयोगको प्रतिवेदनमा सरकार, आयोग र दलका प्रतिनिधिबीच छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । छलफलमा प्रधानमन्त्री, दलका नेता र...
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको पद जोगाउन एमाले नेतृत्व सक्रिय भएको छ। बिहीबार मुख्यमन्त्री रावलले विश्वासको मत नपाए उनी नेतृत्वको सरकार ढल्ने भएपछि एमाले नेतृत्व सक्रिय भएको हो। रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। जुन बिहीबार अन्तिम दिन हो।मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएको...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मन्त्रालय सम्हालेपछि सरकारको न्यूनतम साझा कार्यक्रम अन्तर्गतको एकीकृत कार्य योजना तयार पारेका छन् । स्वास्थ्य मन्त्री गिरीले २०८० सम्ममा ३० वटा न्यूनतम साझा कार्यक्रम सम्पन्न गर्ने गरी समयसीमा समेत तोकेका छन् ।न्यूनतम साझा कार्यक्रमअन्तर्गत मौजुदा सङ्गठन संरचनामा परिमार्जन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग,...
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक सरेको छ। रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बेलुका ५ बजेसम्मका लागि बैठक सरेको हो।सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन्। केही दिनअघि काठमाडौँ आएका उनीहरू अहिले पनि काठमाडौँमा वार्ता र छलफल गरिरहेका छन्।बुधबार एमाले अध्यक्ष केपी...