काठमाडैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताए । नेपाली कांग्रेस सुर्खेतले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरे ।
उनले भने, “राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन ।” महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पद ठूलो...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुलुकका लागि घाँडो भएको टिप्पणी गरेका छन् ।कीर्तिपुरस्थित अनेरास्ववियूको दोस्रो स्थायी कमिटीको बैठकमा नेपालले रास्वपाभित्र पनि के-के न गरौँला भनेर आएको सो पार्टीमा पनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको आरोप लगाए । नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि...
काठमाडाैँ । आगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
आज उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहेका खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जङ्ग खत्रीले जानकारी दिए । घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन् । आइतबार राष्ट्रिय समाचार समिति (रासस) को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे । उनले विश्वमा भइरहेको सूचना...
काठमाडौँ । पोखराको बेगनास-पोखरा सडक खण्डमा बस दुर्घटना भएको छ । करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ । बस बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको...
काठमाडौँ । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले नेपालको भ्रमण गर्ने भएकी छन् । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागुन २४ गते काठमाडौँ आउने छिन् । उनले फागुन २४ देखि २६ सम्म नेपालको भ्रमण गर्न लागेकी हुन् ।कूटनीतिक स्रोतका उनले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को लेटरप्याड दुरुपयोग गरेको भन्दै पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतको राजीनामा माग गर्दै अध्यक्ष उपेन्द्र यादवसमक्ष उजुरी दिएका छन् । जसपा अन्तर्गतका १० प्लस १ राष्ट्रिय समितिका अध्यक्षहरूले आइतबार प्रेस विज्ञप्ति जारी गरी उनको राजीनामा माग गरेका हुन् ।राष्ट्रिय समितिका अध्यक्षहरूले संघीय परिषद्का अध्यक्ष, कार्यकारिणी समितिका अध्यक्षलाई भेटेको विषयमा जारी गरेको विज्ञप्ति...
काठमाडौँ । मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको जजिरा एयरलाइन्सले दुई महिनापछि पुनः उडान सुरु गर्ने भएको छ । यो विमानस्थल २ जेठमा व्यावसायिक रूपमा सञ्चालनमा आएसँगै जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा नियमित उडान गर्दै आएको थियो । जजिराले ६ पुस (२१ डिसेम्बर)देखि उडान रोकेको थियो । जजिराले ९ मार्चदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको विमानस्थलका प्रवक्ता...
बनेपा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा धुलिखेल नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी अङ्क ६५ दशमलव प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो ।
काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । जसमा नमोबुद्ध नगरपालिकाले ६४ दशमलव ६० अङ्क हाँसिल गरी दोस्रो स्थान तथा ६२ दशमलव...
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष केही कारणबस अध्यक्षबाट हटे वा निलम्बन भए अर्को व्यवस्था नभएसम्म अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य स्वतः अध्यक्ष हुने कानुनी व्यवस्था गरिने भएको छ ।सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विद्येयकमार्फत धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (७) पछि उपदफा (८) थप गरी...










