Sunday, September 27, 2026
Home समाचार धितोपत्र बोर्डमा अर्थ मन्त्रालयका प्रतिनिधि अध्यक्ष हुने

धितोपत्र बोर्डमा अर्थ मन्त्रालयका प्रतिनिधि अध्यक्ष हुने

40

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष केही कारणबस अध्यक्षबाट हटे वा निलम्बन भए अर्को व्यवस्था नभएसम्म अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य स्वतः अध्यक्ष हुने कानुनी व्यवस्था गरिने भएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विद्येयकमार्फत धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (७) पछि उपदफा (८) थप गरी यस्तो व्यवस्था गर्ने प्रस्ताव गरिएको हो ।

दफा ८ मा भनिएको छ, ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि अध्यक्षको पद रिक्त भएमा, उपदफा ९७० बमोजिम नेपाल सरकारले निजलाई पदबाट हटाएमा वा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भएमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्नेछ ।’