Home Blog Page 433
काठमाडौँ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् ।स्रोतका अनुसार प्रहरी सिटरोलमा सिंहको जन्ममिति २०२५ पुस १६ उल्लेख छ । २०४२ जेठ २२ मा जारी भएको नागरिकतामा भने उमेर १८ वर्ष लेखिएको छ । सिंह २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । साविक सेती अञ्चल कैलाली जिल्ला निगाली गाउँ पञ्चायत स्थायी ठेगाना राखेर तत्कालीन...
अफ्रिकन मूलुक मालीमा विस्फोटनमा परी संयुक्त राष्ट्र सङ्घको शान्ति सैनिक मिसन ९मिनुस्मा०मा कार्यरत सेनेगलका तीन जना शान्ति सैनिकको मृत्यु भएको छ । केन्द्र मालीमा मङ्गलबार भएको उक्त विस्फोटनमा परी अन्य पाँचजना सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ ।मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । नेपाली सैनिक रहेको...
काठमाडौँ । जिल्लाको पूर्वोत्तर क्षेत्रस्थित सुन्दरशैल शिवपुरी पर्वतको काखमा रहेको कागेश्वरी धामको प्रचारप्रसार गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न महायज्ञ आयोजना गरिने भएको छ । यही फागुन २१ गतेदेखि २९ गतेसम्म श्रीमद्भागवत महायज्ञ एवं विराट धार्मिक पर्यटन महोत्सव आयोजना गरिने कागेश्वरी मन्दिर व्यवस्थापन एवं पर्यटन विकास समितिले जनाएको छ ।आराध्यदेव पशुपतिनाथ मन्दिरबाट १३ किमी दूरीमा रहेको यो पर्यटकीयस्थल प्राकृतिक...
काठमाण्डौ । सुनको भाउ आज स्थिर छ । सुन हिजोकै जस्तै तोलामा एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।
काठमाडौं । यही फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हात्तीपाइले प्रभावित १५ जिल्लाहरूमा औषधि सेवन अभियान चलाइने छ।झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके दाङ र कैलाली हात्तीपाइले विरुद्धको औषधि खुवाइने छ। तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय,...
पोखरा । पोखरामा विष्फोटक पदार्थ पड्किँदा २ बालक घाइते भएको पाइएको छ । घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ छन् । घटना हिजो मंगलबार भएको भए पनि आज बुधबार मात्र सार्वजनिक भएको हो ।घाइते बालकको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।पोखरा ३३ ठूल्ढुंगामा...
काठमाडौं । फिल्म ‘ड्रिम्स’बाट सशक्त रुपमा उदाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दोस्रो फिल्म ‘ए मेरो हजुर २’बाट पनि सफलताको स्वाद चाखिन् । यी दुई फिल्मले उनलाई बलियो स्टारडम मात्र दिलाएनन्, राम्रो अभिनय गर्न सक्ने अभिनेत्रीको रुपमा पनि चिनायो । लगभग यसपछि उनले करिअर पछाडि फर्केर हेर्नु परेको छैन । उनलाई फिल्ममा लिन निर्माताहरुबीच प्रतिस्पर्धाकै अवस्था छ ।तर, करिअरको सुरुवाती...
काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका उनले प्रहरी प्रधान कार्यालय पुगेर बुधबार (आज) उनले राजीनामा बुझाउने तयारी गरेका हुन् । सिंहले राजीनामा दिएमा भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् ।बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी...
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । पार्टीका महासचिव डा बेदुराम भुसालका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विकसित पछल्लो राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गर्ने कार्यसूची छ । यसैगरी आजको बैठकमा राष्ट्रपतिको निर्वाचनबारे निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल हुने बताइएको छ । अध्यक्ष नेपाललाई नेकपा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपतिको उम्मेदवार चयन गर्नुपर्ने बताउँदै आएका छन् । पछिल्लो समय राष्ट्रपतिको उम्मेदवार चयनको विषयलाई लिएर विभिन्न पार्टीका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ ।