-सन्जिब दुलाल
भक्तपुर । काठमाडौं उपत्यकाका पूर्वी भेगका पाँच नगरपालिका समेटेर बनाउने भनेको स्मार्ट सिटी खारेज गरी जग्गा फुकुवा गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् । उपत्यकाका पूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकालाई समेटेर एक लाख रोपनी क्षेत्रफलमा स्मार्ट सिटी बनाउने योजना विगत सात वर्ष देखि अलपत्र हुँदा सर्वसाधारणले दुःख पाएको भन्दै यो खारेज गराउनु पर्नेमा सारोकारवालाहरुले बताएका...
-भूमिराज पिठातोलीबझाङ । सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउनुहुन्छ । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट होला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ ।जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो । बुढा भन्नुहुन्छ, “यो समयमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो । खेत गराहरू गहुँमय हुन्थे । तोरी पनि...
ललितपुर । ललितपुर महानगरपालिकाले अव्यवस्थित रूपमा राखेका इन्टरनेटका तार हटाउन निर्देशन दिएको छ।इन्टरनेट सेवा प्रदायक संस्था र नेपाल टेलिकमले सडक किनारामा राखेका अव्यवस्थित तार र बिजुलीका पोल(पोलमा राखेका तारका मुठा ७ दिनभित्र हटाउन महानगरले आज सूचना निकालेर निर्देशन दिएको हो।यस्ता तारहरूले महानगर क्षेत्रलाई कुरूप बनाएको तथा सुन्दर र स्मार्ट सहर बनाउने अभियानमा चुनौती थपिएकोले त्यस्ता तार हटाउन निर्देशन दिइएको...
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना प्रकाशित गरी सवारी अबदेखि काठमाडौँ उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्रै सवारी साधन चलाउन पाइने जानकारी दिएको छ। तोकिएको मापदण्डभन्दा बढी गतिमा सवारी साधन चलाउने चालकलाई उक्त ऐनमा उल्लेख भए बमोजिम कारबाही गरिने उक्त सूचनामा जनाइएको छ ।यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्था र सडकको...
काठमाडौँ – साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।यसअघि, बिहीबार छापावाल सुन तोलाको...
काठमाडौँ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ६१ जना सहसचिवको सरुवा गरेको छ । सरकारले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय मातहतमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।सरुवा हुनेमा सबैभन्दा बढी गृह मन्त्रालयका रहेका छन् । गृह मन्त्रालयमा रहेका १० जनालाई सरुवा गरिएको छ भने अन्य १० लाई गृहमै ल्याइएको छ । मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान...
बुटवल । बुटवल-पाल्पा सडक दैनिक ८ घण्टा बन्द हुने भएको छ । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट चट्टानसहितको पहिरो खसेर बेला–बेलामा दुर्घटना भई मानवीय क्षति हुने गरेको छ । यो सडकले बुटवलबाट पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङ, कास्की, पर्वत जिल्लालाई जोड्दछ ।सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने...
संसद्को तेस्रो दल माओवादीले बुधबार कांग्रेसलाई समर्थन गर्ने समझदारी गरेको थियो भने बिहीबार एस अध्यक्ष नेपाललाई, शुक्रबार कांग्रेस र एमालेसँग वार्ता गर्ने तयारीकाठमाडौँ — राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको भोलिपल्टै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उम्मेदवार बनाउने समझदारी गरेका छन् । नेपालको पक्षमा समर्थन जुटाउने गरी उनले शुक्रबार कांग्रेस र एमालेसँग...
मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन थालेको छ। कोइला आपूर्ति भएपछि शुक्रबारदेखि सिमेन्ट उत्पादन थालिएको छ। कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो। हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा एक हजार ६०० मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ।उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको कोइलाले १५ दिनलाई...
काठमाडौं । बालुवाटारमा चार दलका शीर्ष नेताहरूबीच छलफल सुरू भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत छलफलमा जुटेका हुन्।छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरूलाई पनि बोलाइएको छ। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि...









