काठमाडौँ । नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ। कुल आठ सय ८२ मतदाता रहेको राष्ट्रपति निर्वाचनमा कुल आठ सय ३१ मत खसेको छ। सङ्घतर्फ तीन सय १३ र प्रदेशतर्फ पाँच सय १८ मत खसेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिइन्। शर्माका अनुसार प्रदेशतर्फ ३२ जना सदस्यले निर्वाचन प्रक्रियामा भाग लिएका छैनन्। जसमा राप्रपाका २८,...
काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा ३१३ सङ्घीय सांसद र ५१८ प्रदेशसभा...
काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेलले लगभग राष्ट्रिय सहमति भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो पक्षमा उभिने निर्णय गरेपछि उनले यस्तो बताएका हुन् ।मतदानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भने, ‘अब राष्ट्रिय सहमति भयो । लगभग राष्ट्रिय सहमतिमा पुगियो । अब निर्वाचनको परिणामको प्रतीक्षामा छौँ ।’ उनले राष्ट्रलाई सही दिशातिर अगाडि लानको लागि राष्ट्रिय एकता कायम गरेर...
काठमाडौँ । विश्वकप लिग-२ अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपालले पकड बनाएको छ । खेलको ३२औँ ओभरमा सन्दीप लामिछानेले लगातार बलमा विकेट लिएपछि खेल नेपालको पक्षमा मोडिएको हो ।खेलको ३२.२ ओभरमा सन्दीपले ८ रन बनाएर खेलिरहेका हिराहिरीलाई बोल्ड गरे । लगत्तैको बलमा चाड सोपरलाई आरिफ शेखबाट क्याच आउट गराए । सन्दीप ह्याट्रिकबाट भने चुके । तेस्रो बलमा नोर्मामान भनुआ बिट भएका...
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ ।यस्तै, ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव २७ अङ्कले बढेर तीन सय ७९ दशमलव ५० मा पुगेको छ । कारोबार...
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाका सम्बन्धमा दायर मुद्दा सर्वोच्च अदालतमा ‘हेर्न नभ्याइने’ भएको छ । उनीविरुद्ध दर्ता भएको रिटको पेशी न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको थियो ।ज्ञानेन्द्रराज आरणसहितले मंगलबार सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमाथिको सुनुवाइका लागि बिहीबार न्यायाधीश श्रेष्ठको एकल इजलासमा पेशी तोकिएको थियो । न्यायाधीश श्रेष्ठ संयुक्त इजलासमा मुद्दा सुनुवाइमा हुँदा एकल...
काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। मतदान सकिएसँगै अब मतगणनाको तयारी भइरहेको छ।मतगणना ४ बजेदेखि सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ।राष्ट्रपतिका लागि नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्।
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सप्तरीको कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गरेको छ । सूचना उपलब्ध नगराएको आरोपमा अधिकृत रेणुका शाहलाई कारबाही गरिएको आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले प्रशासनलाई बताए । आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गराएको हो ।सप्तकोसी नगरपालिका-११ निवासी कैलाश माझीले पटक-पटक लिखित जवाफ माग गर्दा...
काठमाडौँ । निर्वाचन आयोगले आजै विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने निर्णय गरेको छ । आयोगले आज राष्ट्रपति पदको उम्मेदवारका प्रतिनिधिसँग छलफल गरेको थियो ।मतगणनाका क्रममा स्वस्तिक छाप लगाएका मतपत्रलाई मात्र मान्यता दिने सहमति गरिएको छ । यस्तै, कोठाबाहिरको मतसंकेतलाई बदर मान्ने सहमति भएको छ ।संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूको मत अलगअलग गणना गरिनेछ । मतगणना स्थलमा उम्मेदवारका तर्फबाट एक/एक...
सप्तरी । सप्तरीको राजविराज नगरपालिका-११ स्थित पम्प नहरको भित्री सडकमा स ४ प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्यु भएको छ ।दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका ५० वर्षीय पूर्व खेलाडी श्याम मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति १० बजेतिर दुर्घटनामा परि गम्भीर घाइते भएका मण्डलको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मध्यराति १२ बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।









