महोत्तरी । प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै उहाँले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताउनुभयो ।प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।...
काठमाडौं । लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमवार १६ दशमलव ६७ अङ्कले घटेर एक हजार आठ सय ७१ दशमलव ८८ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा विकास बैंक, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई...
काठमाडौँ । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिबारदेखि खुला भएसँगै २६ जना पर्यटक नेपाल भित्रिएका हुन् । अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार यही शनिबार र आइतबार दुई दिनमा २६ पर्यटक नेपाल भित्रिएका हुन् । ती चिनियाँ पर्यटकहरु काठमाडौँका लागि प्रस्थान गरिसकेको र नेपालबाट पनि...
काठमाडौं । यही चैत २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद २’का निर्माता सुभाष थापाविरुद्ध यस फिल्मका पूर्व निर्माता केशव पाण्डेले प्रहरीमा चेक बाउन्स र ठगीको उजुरीसँगै केन्द्रीय चलचित्र जाँच समितिमा सेन्सर रोक्न निवेदन दिएपछि फिल्मको प्रदर्शन नै अन्योल बनेको अवस्था छ । प्रदर्शनका लागि अब तीन दिन मात्र बाँकी रहँदा फिल्मको प्रचारको काम समेत हुन सकेको छैन ।यसबीच,...
कास्की जिल्लाको पोखराको फेवातालमा डुङ्गा सयर गर्दै विदेशी पर्यटक । पोखराको लेकसाइडमा यति बेला विदेशी पर्यटकहरुको चहलपहल बढेको छ । तस्बिरः राधिका कँडेल/रासस
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ। १० दलीय सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले अन्य दललाई समर्थन नगरी तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन लागेको हो। सो पार्टीका नेता लक्ष्मण थारूका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार...
इटली । आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रविधिमा आधारित च्याटबोट च्याटजीपीटीलाई प्रतिबन्ध लगाउने पहिलो पश्चिमी मुलुक बनेको छ। इटलीको डेटा संरक्षण प्राधिकरणले च्याटजीपीटीको प्रणालीमा गोपनीयतासम्बन्धी चिन्ताहरू देखिएको बताएको छ। ओपनएआई नामक अमेरिकी स्टार्टअप कम्पनीले बनाएको च्याटजीपीटीलाई माइक्रोसफ्टले सहयोग गरेको छ। इटलीको नियामकले च्याटजीपीटीलाई प्रतिबन्ध लगाउने र ओपनएआईमाथि “तत्काल” अनुसन्धान गर्ने जनाएको छ।छोटो समयमै लाखौँ प्रयोगकर्तागत नोभेम्बरमा सुरु भएको च्याटजीपीटीको अहिले लाखौँ...
काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन भएका छन् ।सिंहदरबारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । एकीकृत समाजवादीबाट यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सांसद प्रकाश ज्वाला थिए । ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो । चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन्...
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ। आयोगले सोमबार सूचना प्रकाशन गरी पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवदेन दिन आग्रह गरेको हो।निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची २ बमोजिमको तोकिएको ढाँचामा सात दिनभित्र निवेदन दिन आग्रह गरिएको हो। उपनिर्वाचनका...
काठमाडौँ । बारा २ मा जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ताका गराएका छन् ।यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । बारा २ सहित चितवन २ र तनहुँ १ मा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेसँगै उपनिर्वाचन हुन लागेको हो । यसअघि गत मंसिर...










