Saturday, May 2, 2026
Home Blog Page 372
काठमाडौँ । आज (मंगलबार) प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७७ अंकले बढेको छ। यससँगै सूचक १८७२.६५ विन्दुमा आएको छ।यस अवधिमा ५१ हजार ८ सय रुपैयाँको सेयर कारोबार भएको छ। ९ कम्पनीको १०६ कित्ता सेयर कारोबार भएको छ। यस सेसनमा कुल १० वटा कारोबार भएको हो। ६ कम्पनीको मूल्य बढ्दा २ को भने घटेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल)ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा ३ महिना अवधि...
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार तोलाको १ लाख ८ हजार रुपैयाँ रहेको सुनको मूल्य आज (मंगलबार) १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा पुगेको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी विवाद मुद्दामा आज सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।युवराज पौडेल (सफल) ले रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दिएको रिटमाथि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेलले सर्वोच्चमा...
काठमाडौँ । सामाजिक प्लेटफर्म ट्विटरको लोगो परिवर्तन गरिएको छ । ट्विटरको लोगो परिवर्तन गरेर ट्विटर सिइओ एलोन मस्कले निलो चराको ठाउँमा कुकुरको तस्विर राखेका छन् ।ट्विटरले आफ्नो नयाँ लोगो ‘डगी’ बनाएपछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित छन्। ट्विटरका मालिक एलोन मस्कले यसबारे चर्चा गरेका छन् । सोमबार रातीदेखि प्रयोगकर्ताहरूले आफ्नो ट्विटर खातामा नीलो चराको सट्टा कुकुर देख्न थालेका हुन् । एलोन...
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको हो ।चितवन-२, तनहुँ-१ र बारा-२ मा आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारप्रति चित्त नबुझेमा...
चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिको अध्यक्ष पदमा डा.विजयराज न्यौपाने नियुक्त भएका छन् । उनी सो अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ । नवनियुक्त अध्यक्ष डा.न्यौपानेले अस्पताललाई क्यान्सरसम्बन्धी थप जनचेतना जगाउने, उपचार गर्ने, अध्यापन गराउने अनुसन्धानसँगै क्यान्सरको क्षेत्रमा देशकै मुख्य थलोका रूपमा विकास गर्ने जानकारी...
काठमाडौँ । सिटी होटलले आज (मंगलबार) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गरेको छ। यस कम्पनीले १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गरेको हो।वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यसमा २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।साथै, यस...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् । गत पुष १० गते प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डको सचिवालयले १०० दिनको कामलाई ३७ बुँदामा समेटेको छ । परिणाममुखी काम भइरहेकोसमेत दाबी गरिएको छ । प्रमुख उपलब्धिहरूको सारसंक्षेप  नेपाल-सरकारका-१००-दिनमा-भएका-प्रमुख-उपलब्धिहरु1680519268
काठमाडौं । आज २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३४५ पीसीआर परिक्षणका क्रममा ४९ जना र ८०६ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण गत २४ घण्टामा १६ जना निको भएका छन् । हाल पीसीआर परिक्षणका संक्रमण पुष्टि भएका २२७ संक्रिय संक्रमित आइसोलेसनमा...