Thursday, September 24, 2026
Home राजनीति रविको राहदानी विवादसम्बन्धी रिटको सुनुवाइ न्यायाधीश सिन्हाको इजलासमा

रविको राहदानी विवादसम्बन्धी रिटको सुनुवाइ न्यायाधीश सिन्हाको इजलासमा

40

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी विवाद मुद्दामा आज सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।युवराज पौडेल (सफल) ले रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दिएको रिटमाथि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।

लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ताले गरेको निर्णय बदर हुनुपर्ने, लामिछाने उपर झुटा विवरण दिएर राहदानी बनाएको मुद्दा चलाउनु भनी परमादेश जारी गरिनुपर्ने र महान्यायाधिवक्ताले मुद्दा नचल्ने भनी गरेको निर्णय कार्यान्वयन नगर्नु/नगराउनु भन्दै अन्तरिम आदेश जारी हुनुपर्ने उनको माग छ ।