Sunday, April 26, 2026
Home Blog Page 35
काठमाडौं : भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम)मा नेपाललाई वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यका रूपमा सम्मान गरिएको छ । यही नोभेम्बर २७ देखि २९ सम्म आयोजित आईआईटीएममा अवाड्र्स नाइट, ०२५ मा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको जनाइएको छ । उक्त अवार्ड नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्ड सदस्य नरेन्द्र भट्ट र वरिष्ठ अधिकृत नरायण बस्यालले ग्रहण गरेका...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा कार्यकर्ता यही मङ्सिर २७ देखि २९ गतेसम्म आयोजना हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न आज स्वदेश र प्रवासमा व्यस्त छन्। पार्टीका करिब छ लाख ६७ हजार ६३० सङ्गठित सदस्यबाट झण्डै दुई हजार २०० सय प्रतिनिधि चयन गर्न जिल्ला–जिल्लामा उनीहरू व्यस्त भएका हुन्।महाधिवेशनका लागि यसपटक प्रत्येक सङ्घीय निर्वाचन...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई सचिवालयमा नियुक्ति दिलाएको खुलेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका हुन् ।
काठमाडौं । राजनीतिक हस्तक्षेप र भागबन्डाले विश्वविद्यालयहरू अस्तव्यस्त भएपछि सरकारले प्रधानमन्त्री कुलपति रहने व्यवस्था नै हटाउन लागेको छ । उच्चशिक्षण संस्था सञ्चालन तथा मापदण्डसम्बन्धी विज्ञ कार्यदलको सुझावका आधारमा अध्यादेशमार्फत भए पनि उच्च शिक्षासम्बन्धी छाता ऐन ल्याएर प्रधानमन्त्री कुलपति रहने व्यवस्था हटाउन लागेको हो । राजनीतिक हस्तक्षेपले शिक्षाको गुणस्तरसमेत प्रभावित हुन थालेपछि यस्तो कदम चालिएको हो ।उच्चशिक्षाका लागि संघमातहत २१...
काठमाडौं । नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ हजार ८०५ गिगावाट-आवर विद्युत् भारत निर्यात गरेको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उर्जासचिव चिरञ्जीवि चटौतले उक्त जानकारी दिनुभएको हो । उहाँकाअनुसार विद्युत् व्यापारतर्फ नेपालले पहिलो त्रैमासिकमा १,८०५ गिगावाट-आवर विद्युत् भारत निर्यात गरेको छ ।मनसुनकाे अवधिमा...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा चुनाव लड्ने निर्णय नभएको बताएका छन्। निर्वाचन आयोगमा दल दर्ताको प्रसंगमा नेता कार्यकर्ताले प्रश्न गरिरहेको भन्दै थापाले सामाजिक संजालमा प्रष्टीकरण दिएका हुन्। उनले विधान बमोजिम नै समयभित्रै विशेष महाधिवेशन हुने भन्दै त्यहीँबाट चुनिने नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जाने बताए।‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले...
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा बाहिर आएका समाचारप्रति प्रधानमन्त्री कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले सचिवालयमा श्रीमतीसहितका नातेदारलाई जागिर खुवाएको विषय बाहिरिएपछि प्रधानमन्त्री कार्यालयले प्रष्टीकरण दिएको हो। प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जेनजी आन्दोलनको बलमा स्थापित सरकारका प्रधानमन्त्री मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार...
काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम पुर्वानुमान यस्तो रहेको छ ।२०८२ मङ्सिर ०८ गते (सोमबार)दिउँसोः कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।रातीः कोशी...
काठमाडौं । नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्ने तयारीमा रहेको नेकपा एमाले समर्थित युवाहरू नागरिक उड्डयन प्राधिकरणको कार्यालय अगाडि जम्मा भएका छन् । एमालेका थुप्रै युवा पैदल छन् भने मोटरसाइकलमा समेत सवार देखिएका छन् । एमालेले शुक्रबार माइतीघर मण्डलामा जम्मा भएर नयाँ बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की ब्याङ्क्वलेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेको हो । माइतीघरमा त्यसअघि नै जेन–जी आन्दोलनका...
कम्बोडियाको प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको एक यात्रु बस बिहीबार बिहान मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा खस्दा कम्तीमा १६ जनाको दुःखद मृत्यु भएको अधिकारीहरूले बताएका छन्। दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ। क्षेत्रका उप प्रहरी प्रमुख सिभ सोभान्नाले बिहीबार राति उद्धारकार्य सकिएपछि मृतकको सङ्ख्या प्रारम्भिक १३ बाट बढेर १६ पुगेको...