काठमाडौ । समाजमा रहेको विद्यमान जातिय विभेद विरुद्ध जनचेतना मुलक गीत 'तर बाधा भै दियो जात' भोलि शनिबार सार्वजनिक हुदैछ । यस गीतको शब्द रचना कृष्ण नेपाली, गायक सुदिप नेपाली र संगीतकारमा रमन थामी रहेका छन् ।
भोली यो गीत युटुवमा सार्वजनिक हुदैंछ ।
भक्तपुर । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट चालु आव २०७९/८० को ९ महिनासम्म १ लाख ४ हजार ८ सय २९ जनाले स्वास्थ्य सेवा लिएको जनाएको छ । अस्पतालको १५ औं बार्षिकोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. डिके रोशनले सो कुराको जानकारी दिनुहुँदै सोही अवधिमा १ लाख ७३ हजार ५ सय ९३ जनाले ल्यावको सेवा, ३३ हजार...
काठमाडौँ । नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक कुवेर कडायतलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । यसअघि पनि कडायत प्रहरी वरिष्ठ उपरीक्षक हुँदा प्रवक्ताको भूमिकामा रहेका थिए ।
काठमाडौँ । सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुलाई सरकारले जनही दुई लाख रकम उपलब्ध गराउन लागेको भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालले आज अर्थमन्त्रीको ध्यानाकर्षणसहित सात बुँदे ज्ञापनपत्र बुझाएको...
काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ । संसद सचिवालय स्रोतको अनुसार अहिले केहीबेरमा बस्ने बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछ । आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अन्मिनको प्रमाणीकरणमा अयोग्य ठहर भएका लडाकूहरुलाई रकम दिने विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी छ ।त्यसमा सरकारले जवाफ दिनेछ । सभामुखले १० वटा विषयगत समितिमा रहने सदस्यहरु पनि...
काठमाडौं । सरकारले अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले राहत दिने तयारी गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेको छ। अयोग्य लडाकुलाई कार्यविधि बनाएर आर्थिक सहयोग गर्ने निर्णय गत चैत ६ को मन्त्रिपरिषद बैठकले गरेको थियो।गृह मन्त्रालयले गत वैशाख ६ गते अयोग्य लडाकुका लागि राहत दिनेसम्बन्धी कार्यविधि नै जारी गरेको थियो।प्रतिनिधि सभाको आजको बैठकमा एमालेले अयोग्य लडाकुलाई पैसा...
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज देशभरि एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज र वैशाख ३१ गते दुई दिन खोप लगाउन थालिएको जानकारी दिनुभयो । उहाँले दुई दिन खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका...
काठमाडौँ – फिल्म ‘कैदीको पत्र’ले आज बिहान काठमाडौँमा विशेष शो गरेको छ । आजै रिलिज फिल्मको पहिलो शो हेरेपछि दर्शक तथा फिल्मकर्मीले फिल्म मन पराएको बताएका छन् । नयाँ कलाकारको काम, नेपाली फिल्ममा विदेशी कलाकार साथै स्कटल्याण्डका मनोरम दृश्यहरुसँगै फिल्मको कथा र प्रस्तुतिलाई दर्शकले रुचाएका छन् ।सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो फिल्मलाई सनमकुमार बैरागले निर्देशन गरेका हुन् । निर्देशक...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनीहरुलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । लामिछाने र वाग्लेलाई सभामुख घिमिरेले शपथ खुवाएर लोगो वितरण गरेका छन् ।यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए...
बुटवल । नेपाली कांग्रेस नेता डिल्ली बहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।










