नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल १५ औं वर्षमा प्रवेश

89

भक्तपुर । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट चालु आव २०७९/८० को ९ महिनासम्म १ लाख ४ हजार ८ सय २९ जनाले स्वास्थ्य सेवा लिएको जनाएको छ । अस्पतालको १५ औं बार्षिकोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. डिके रोशनले सो कुराको जानकारी दिनुहुँदै सोही अवधिमा १ लाख ७३ हजार ५ सय ९३ जनाले ल्यावको सेवा, ३३ हजार ५८ जनाले एक्सरे, ६ हजार ५ सय ५४ जनाले ईसिजि, १० हजार ९ सय ७१ जनाले युएसजी, ५ सय १२ जनाले इन्डोस्कोपी सेवा लिइसकेको बताउनुभयो । त्यसैगरी ७ सय २३ जनाले विभिन्न रोगको अपरेशन गरेको भन्दै निर्देशन डा. रौशनले २ हजार ३ सय ५ जनाले आईपिडि र ५ हजार ४ सय ६२ जनाले ईआर सम्बन्धी स्वास्थ्य सेवा लिएको बताउनुभयो ।

बार्षिकोत्सवको उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभाका सदस्य दुर्लभ थापाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नगरस्तरीय अस्पताल भएता पनि यसले प्रदेशस्तरीय अस्पतालको रुपमा सेवा सुविधा प्रदान गर्दै आईरहेको भन्दै अस्पतालको स्तरउन्नती बृद्धि गर्ने कार्यमा सदैव आप्mनो साथ र सहयोग रहने बताउनुभयो । प्रतिनिधि सभा सदस्य थापाले जिल्लाभित्रका सबै राजनैतिक दलहरु एकजुट भई हातेमालो गर्दै जाने हो भने यो अस्पताल राष्ट्रियस्तरको अस्पताल बनाउन सकिने धारणा समेत राख्नु भएको थियो । अस्पताल अघि वढ्न व्यवस्थापन समितिलगायत यहाँका डाक्टर, चिकित्सक, नर्स तथा कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहने भन्दै उहाँले प्रतिनिधि सभा सदस्यको आप्mनो कार्यकालमा अस्पताललाई पूर्ण साथ र सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले अस्पतालले विरामी जाँच्ने कार्य मात्र नभई नगरवासीहरुलाई रोग नै लाग्न नदिने किसिमको कार्यक्रम सञ्चालन गनुपर्ने भन्दै अस्पतालको स्तरबृद्धि तथा उन्नतीकालागि केकस्तो साथ र सहयोग चाहिने त्यसबारे विस्तृत खाका सहित प्रस्तुत गर्न अस्पताल प्रशासनलाई आग्रह समेत गर्नुभयो । उहाँले नगरपालिकाले अस्पतालमार्फत जेष्ठ नगरबासीहरुको नियमित स्वास्थ्य जाँचको लागि घरदैलो कार्यक्रम समेत सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिनुभएको थियो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले अस्पताललाई यहाँसम्म ल्याउन अस्पताल तथा नगरपालिकाका पूर्व जनप्रतिनिधि एवं पदाधिकारीहरु प्रति धन्यवाद दिदैं नगरपालिकामा आप्mनो पदस्थापना भएदेखि नैं नगरभित्रको शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष ध्यान दिदैं कार्य गर्दैअधि वढिरहेको बताउनुभयो । उहाँले नगरवासीहरुलाई स्वास्थ्य क्षेत्रमा विशेष सेवा दिदे उद्देश्यले निःशुल्क रगत उपलब्ध गराउने, जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य विमा, केही महिनाअघि नै डायलायसिस र अहिले सिटि स्क्यानको सेवा समेत विस्तार गर्न लागि रहेको बताउनुभयो ।
अस्पतालको सेवा, सुविधा र गुणस्तरीय कार्यमा प्रतिवद्ध रहेको भन्दै अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख श्रेष्ठले आप्mनो कार्यकालमा अस्पतालको आप्mनै नर्सिङ कलेज सञ्चालन र सुविधा युक्त ल्याव सम्बन्धी सेवा गर्न तयारी गरिरहेको समेत बताउनुभयो ।

त्यसैगरी सोही कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका भूतपूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठले अस्पतालको स्थापनाकालदेखि वर्तमान अवस्थासम्मको बारेमा जानकारी दिनुहुँदै अस्पतालले नगरवासीहरुको स्वास्थ्य सेवा अझै धेरै कार्य गर्न बाँकी रहेको बताउनुभयो । वर्तमान नगरउपप्रमुख विजयकृष्ण श्रेष्ठले अस्पतालमा विगतको तुलना धेरै परिवर्तन आईरहेको भन्दै अस्पतालमा आउने विरामी, डाक्टर र कर्मचारीहरुवीच सुमुधुर सम्बन्ध रहनु पर्ने आशय व्यक्त गर्नुभएको थियो । त्यस्तै निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जनतालाई सेवा सुविधा दिनु सकारात्मक भए पनि त्यसलाई गुणस्तरीयका साथ निरन्तर सेवा दिसक्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख विजयराज सुवेदीले अस्पतालले नगरवासीलगायत आसपासका जनतालाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको भन्दै अस्पतालको स्तरबृद्धि तथा सुधारकालागि नगरपालिका हरपल सहयोग गर्न तयार रहेको बताउनुभयो । अस्पतालका डाक्टर जमुना पौडेललगायतका व्यक्तिले अस्पतालले नगरवासी तथा आसपासका जनतालाई स्वास्थ्य सेवामा पु¥याएको योगदानका विषयमा बोल्नु भएको थियो ।

अस्पतालको १५ औं बार्षिकोत्सव भए यस्ता कार्यक्रम

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १५ औं बार्षिकोत्सवको अवसर पारेर अस्पतालले आजै खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अस्पताल प्राङ्गणमा भक्तपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित उक्त रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ । त्यसैगरी आजै अस्पतालमा रहेका विरामीहरुलाई प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, नगरप्रमुख, उपप्रमुखलगायतका पदाधिकारीहरुले फलफुल समेत वितरण गरेको छ ।

सिटि स्क्यान मेसिन उद्घाटन

मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमिले विरामीहरुलाई सेवा सेवा दिने उद्देश्यले सिटि स्क्यान मेसिन सञ्चालमा ल्याएको छ । करिव ५ करोडको लागतमा मध्यपुर थिमि नगरपालिकाले आप्mनै आन्तरिक रकमबाट खरिद गरि अस्पतालको १५ औं बार्षिकोत्सवको अवसर पारेर सिटि स्क्यान मेसिन सञ्चालनमा ल्याएको हो । संघीय प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले एक कार्यक्रमकाबीच उक्त मेसिनको उद्घाटन गरेको हो । उक्त मेसिन सञ्चालनका लागि आवश्यक तयारी गरि केही हप्तादेखि नै पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

-रामकृष्ण शंखदेवको सहयोगमा