कजाकस्तान : उत्तरपूर्वी कजाकिस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु भएको छ।
आपतकालीन व्यवस्था मन्त्रालयले शनिबार विज्ञप्ती जारी गर्दै १४ जनाको शव फेला परेको जनाएको छ। डढेलोका कारण एक लाख ४८ हजार हेक्टर वनमा क्षति पुगेको जनाएको छ।उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण प्रतिकार्यमा बाधा पुर्याए पनि ३१६ जनालाई सुरक्षित स्थानमा सारिएको, स्थिति नियन्त्रणमा रहेको...
रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ शान्तिकुञ्जमा शनिबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको स्कारपियो गाडी सिद्धार्थ राजमार्ग अन्तरगत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा दुर्घटना हुँदा गाडी चालकको मृत्यु भएको हो। ा २० च १४३८ नम्बरको स्कारपियो चालक अर्घाखाँची छत्रगञ्ज गाउँपालिका वडा नम्बर ८ का विकास श्रेष्ठको...
धनगढी : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ। आइतबार प्रदेश सभाको बैठकमा आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका हुन्। प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक नभएकाले संशोधन गर्दै खप्तड...
सर्लाही : दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ। सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो। वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले...
धनकुटा : नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धनका कारण देशमा अराजकता मौलाएको आरोप लगाएका छन्। नेकपा एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा शनिबार बोल्दै नेता ज्ञवालीले यस्तो बताएका हुन्। एमाले नेतृत्वमा बनेको देशभक्त र जनमुखी सरकार असंवैधानिक तरिकाले ढालेर गठबन्धनले देशमा अराजकतासँगै नागरिकमा निराशा फैलाएको नेता ज्ञवालीले बताए। संसदबाट निर्वाचित हुनुपर्ने ठाउँमा...
काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ। ट्रम्पले कैयौँ आरोप सामना गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् जसमा न्यायमा बाधा पुर्याएको, षडयन्त्र गरेको र गलत वक्तव्य दिएको लगायतका छन्। उनलालाई आगामी मंगलबार अदालतमा उपस्थित हुन भनिएको छ। ट्रम्पले आफू निर्दोष रहेको उल्लेख गरेका छन्। अभियोजकहरूले फ्लोरिडास्थित ट्रम्पको घरमा...
काठमाडौं : भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउन थालेका छन्। भक्तपुर, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग निःशुल्क रगत उपलब्ध गराउनेबारे सम्झौता गरेपछि यहाँका बासिन्दाले रगत निःशुल्क पाउन थालेका हुन्।रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले रगत निःशुल्क प्राप्त गर्नका लागि बिरामीका आफन्तले बिरामीको भक्तपुरभित्र स्थायी ठेगाना भएको परिचय खुल्ने...
काठमाडौं : न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ।आयोगले सूचना जारी गर्दै आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, २ महिला, २ आदिवासी–जनजाति, २ मधेशी र १ दलित गरी २९ जनाका लागि दरखास्त आह्वान गरेको हो। विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्तका लागि...
तनहुँ : बाँदरले हैरान पार्न थालेपछि व्यास नगरपालिकाका किसानले वैकल्पिक बालीका रूपमा बेसार खेती थालेका छन्। बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि कृषि ज्ञान केन्द्र तनहुँले बेसार खेती प्रवर्धन गर्न लागेको हो। व्यास –८ सोतीबेँसीका २० कृषकले २०० रोपनी जग्गामा बेसार खेती शुरु गरेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। यसका लागि कृषकलाई ८५ प्रतिशत अनुदानका...
काठमाडौं : एसिसी महिला टी– २० इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले रुविना क्षेत्रीको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो। नेपाली टोलीमा सिता रानामगर, इन्दू बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योती पाण्डे, सम्झनाकुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अस्मिना कर्माचार्य, इश्वरी विष्ट, अप्सरी...









