Friday, April 17, 2026
Home Blog Page 309
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बहुउद्देश्यीय प्रकृतिका दुई महत्वपूर्ण आयोजनाको निर्माण प्रक्रियाबारे जानकारी लिएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाटै प्रधानमन्त्री प्रचण्डले भेरी-बबई डाइभर्सन आयोजना र सुनकोशी मरिन डाइभर्सन आयोजनाको भौतिक प्रगति र त्यहाँका समस्याबारेमा जानकारी लिएका हुन्।एक्सन रुमलाई नियमितरुपमा सक्रिय बनाउने लक्ष्यका साथ प्रधानमन्त्रीले आज पहिलो पटक ती आयोजनाको पछिल्लो अवस्थाबारेमा जानकारी लिएका हुन्। ती...
दक्षिण कोरियाका नागरिकको उमेर बुधबारदेखि कम्तीमा एक वर्ष कम भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बुधबारदेखि लागु भएको उमेर गणनाको नयाँ कानुनअनुसार कोरियालीको उमेर घटेको हो।कोरियामा धेरैले परम्परागत चलनअनुसार उमेर गणना गर्थे। जसअनुसार कुनै मान्छेको उमेर गर्भदेखि नै गणना हुन्थ्यो। जुनसुकै महिनामा जन्मिएका मान्छेको पनि हरेक वर्ष जनवरी १ देखि एक वर्ष उमेर बढाउने गरिन्थ्यो। उमेर गणनाको यो...
चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मङ्गलबार बिहान पहिरो जाँदा सात जनाको मृत्यु भएको छ।छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो गएको काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोले जनाएको छ।मङ्गलबार बिहान १०.३२ बजेसम्म पहिरोबाट प्रभावित ९०० भन्दा बढीलाई स्थानान्तरण गरिएको थियो । चार सयभन्दा बढी उद्धारकर्मी बेपत्ताको खोजी कार्यमा संलग्न छन्।
काठमाडौं : ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्म प्रसाद गौतम, गोपाल कार्की र सुधीर शाहलाई सार्वजनिक गरेको हो। चारजनालाई म्याद थप गर्न अदालत लगिएको ब्युरोले जनाएको छ।ब्युरोकी प्रमुख किरण बज्राचार्यले उक्त प्रकरणमा थप अनुसन्धान जारी रहेको बताइन्। ब्युरोका अनुसार प्रकाउ परेका थप तीनजना भने...
क्वाक्वेरेली साइमन्ड्स (क्यूएस) विश्वविश्वविद्यालयले र्‍याङकिङमा बुधबार अष्ट्रेलियाका तीन विश्वविद्यालयले पहिलोपटक शीर्ष २० मा प्रवेश पाएका छन्।मेलबर्न विश्वविद्यालय १४ औं स्थानमा परेको छ भने सिड्नी विश्वविद्यालय र न्यु साउथ वेल्स विश्वविद्यालय १९ औं स्थानमा छन्।अष्ट्रेलिया विश्वविद्यालयकी प्रमुख कार्यकारी क्याट्रिओना ज्याक्सनले भनिन्, 'आजका उत्कृष्ट नतिजाहरूले अष्ट्रेलियाका विश्वविद्यालयलाई विश्वव्यापी शैक्षिक प्रतिस्पर्धामा अगाडि उभ्याएको छ।'उनका अनुसार र्‍याङकिङ प्रणालीले रोजगारीको नतिजा, दिगोपन र अन्तरराष्ट्रिय...
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले बजेटको पक्षमा मतदान गर्ने भएको छ। आज बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय भएको नेकपा एस संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले जानकारी दिए। उनले आफूहरूका माग सम्बोधन गर्ने ग्यारेण्टी भएपछि बजेटको पक्षमा उभिएको जानकारी दिए। ‘हाम्रा असन्तुष्टि सम्बोधन गर्ने भएपछि बजेटको पक्षमा मतदान गर्ने निर्णय भएको छ,’ पाण्डेले थाहाखबरसँग भने।...
काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले स्पष्टीकरण लिनुपर्ने माग गरेका छन्।बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सो माग गरेका हुन्। त्यसैगरी उनले सो प्रकरणमा मुछिएका मन्त्रीहरु र अन्य कर्मचारीहरुलाई पनि संसदको सार्वजनिक लेखा समितिले स्पष्टीकरण लिन उपयुक्त हुने बताए।सांसद सुवालले सरकारी जग्गा बेचविखनमा संलग्नहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताए।...
काठमाडौ । नेपाल प्रहरीले भक्तपुर बस्ने एक जना धर्म गुरूलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले शिवसुत गौरी भक्त भन्ने धर्म गुरूलाई पक्राउ गरेको प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।  उनी दोलखा घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-४ गठ्ठाघर बस्ने ४८ वर्षीय पुरूषोत्तम काफ्ले हुन्। तर उनले आफूलाई शिवसुत गौरी भक्त भनेर चिनाउँथे।उनले काठमाडौंमा 'हाम्रो अभियान नेपाल र ओम आश्रम...
काठमाडौं ।   नेपाल प्रहरीले बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोप लागेको शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो।सीआईबी स्रोतका अनुसार शर्मा मुम्बईमा लुकेर बसेका थिए। सीआईबीको टोलीले उनलाई मुम्बईबाट नै पक्राउ गरेको हो।भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको यो शहकारीले बचकर्ताको १४...
बुटवल — पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बुटवलको  बेलबासस्थित शान्तिचोकमा मंगलबार बिहान पौनै तीन बजे बाटो काट्दै गर्दा स्कुटरलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो ।ठक्करबाट लु २९ प ८६८३ नम्बरको स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भने अझै खुलेको छैन ।राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सुर्खेतबाट वीरगन्जका...