Monday, September 28, 2026
Home समाज सिआइबीले सार्वजनिक गर्‍यो ललिता निवास प्रकरणमा पक्राउ परेका व्यक्ति

सिआइबीले सार्वजनिक गर्‍यो ललिता निवास प्रकरणमा पक्राउ परेका व्यक्ति

34

काठमाडौं : ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्म प्रसाद गौतम, गोपाल कार्की र सुधीर शाहलाई सार्वजनिक गरेको हो। चारजनालाई म्याद थप गर्न अदालत लगिएको ब्युरोले जनाएको छ।ब्युरोकी प्रमुख किरण बज्राचार्यले उक्त प्रकरणमा थप अनुसन्धान जारी रहेको बताइन्। ब्युरोका अनुसार प्रकाउ परेका थप तीनजना भने मंगलबार बेलुका छुटेका छन्। ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनीहरू प्रहरीको फरार सूचीमा थिए।