Monday, September 28, 2026
Home राजनीति बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

31

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले बजेटको पक्षमा मतदान गर्ने भएको छ। आज बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय भएको नेकपा एस संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले जानकारी दिए। उनले आफूहरूका माग सम्बोधन गर्ने ग्यारेण्टी भएपछि बजेटको पक्षमा उभिएको जानकारी दिए। ‘हाम्रा असन्तुष्टि सम्बोधन गर्ने भएपछि बजेटको पक्षमा मतदान गर्ने निर्णय भएको छ,’ पाण्डेले थाहाखबरसँग भने। यद्यपि, उनले नै हिजो हामीसँगको कुराकानीमा कुनै पनि हालतमा बजेटको पक्षमा मतदान नगर्ने र पार्टीले ह्वीप पनि जारी नगर्ने बताएका थिए। समाजवादी पार्टीले बजेटमा आफूहरूका विषय नसमेटेको भन्दै असन्तुष्टि जनाइरहेको थियो।