Monday, September 21, 2026
Home अर्थ भक्तपुरको शिव शिखर सहकारीको संचालक पक्राउ

भक्तपुरको शिव शिखर सहकारीको संचालक पक्राउ

230

काठमाडौं ।   नेपाल प्रहरीले बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोप लागेको शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो।

सीआईबी स्रोतका अनुसार शर्मा मुम्बईमा लुकेर बसेका थिए। सीआईबीको टोलीले उनलाई मुम्बईबाट नै पक्राउ गरेको हो।भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको यो शहकारीले बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको छ।

उपत्यकाका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित उपत्यका बाहिर पनि प्रमुख शहरहरुमा शाखा विस्तार गरेको सहकारीका सञ्चालविरुद्ध सबै शाखाका बचतकर्ताले उजुरी गरेका छन्।