उदयपुर : सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उदयपुर कटारी नगरपालिका-४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा तपाईलाई सामान र अमेरीकी डलर ७० हजार पठाइदिएको छु...
काठमाडौं : चार जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन्। बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह गाँउबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४३ ग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारत रुपैडिहा बस्ने १९ वर्षीय जुनेद राई र १९ वर्षीय सलमान अली रहेका छन्। ईलाका प्रहरी कार्यालय जमुना र लागूऔषध नियन्त्रण ब्युरो नेपालगंजबाट संयुक्त रुपमा...
काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाइ उद्धारमा बजेट अभाव नभएको बताएका छन्। बिहीवार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा गर्भवती र सुत्केरी महिलाको हवाइ उद्धार गर्नका लागि बजेटको कमी नरहेको बताए। उनले आगामी आर्थिक वर्षमा उक्त कार्यक्रमको प्रभावकारिता हेरेर थप परिमार्जन गर्ने र निरन्तरता दिने उल्लेख गरे। उनले...
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले शोक व्यक्त गरेका छन्। सीता दाहालको बुधबार नर्भिक अस्पतालका उपचारका क्रममा निधन भएको हो।पूर्वराजारानीका तर्फबाट प्रमुख सचिव पशुपतिभक्त महर्जनले कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालय पुगेर सीता दाहालप्रति समवेदना व्यक्त गरेका हुन्। उनले माओवादीका महासचिव देव गुरुङलाई भेटेर पूर्वराजारानीको समवेदना सुनाएका थिए।
काठमाडौं । सीता दाहालको जन्म वि.स २०११ साल असार २१ गते कास्कीको हेम्जामा भएको थियो । उनी ८ वर्षकी हुँदा परिवारचितवनमा बसाइ सरेको थियो । २०२६ साल वैशाखमा हालका प्रधानमन्त्री प्रचण्ड र सीताको मागी विवाह भएको थियो। विवाह भएपछि सीता प्रचण्डकै राजनीतिक गोरेटोमा हिँडिन् । २०२८ सालदेखि सीता कम्युनिष्ट पार्टीको सदस्य भएर भूमिगत राजनीतिको पृष्ठभूमिमा सक्रिय भइन्।सीताले केही वर्ष...
काठमाडौं । नेकपा माआवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एंव पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले आज र भोलि देशभरका माओवादी केन्द्रा सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी...
काठमाडौं । आज बस्ने भनिएको नेपाल कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपत्नी सीता दाहालको निधन भएपछि कांग्रेस बैठक स्थगित भएको हो । केन्द्रीय समितिको बैठक अब साउन २ गते बस्ने भएको छ । पार्टी कार्यालयका कार्यबाहक मुख्यसचिव डा प्रदीप पराजुलीले साउन २ गतेका लागि बैठक तय भएको जानकारी दिए ।
काठमाडौ । लुक्लाबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लमजुरा डाँडामा दुर्घटना भएको छ । हालसम्म ५ जनाको शव फेला परेको छ भने १ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
तस्बिरः मनाङ एयर
काठमाडौं : राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताएका छन्।
मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समात्ने तर ट्रकका ट्रक पास हुने मल समातेको भन्ने कुरा नसुनेको भन्दै सरकारप्रति कटाक्ष गरे। उनले अवैधानिक बाटोबाट मल ल्याउनेहरूलाई कारबाही गर्न आग्रह गरे।उनले भने ‘समयमा मलको पर्याप्त व्यवस्था हुन सकेको छैन।...
काठमाडौं : मंगलबार बिहान बेपत्ता भएको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामाजुरा नजिक दुर्घटना भएको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बाटो हिड्ने बटुवाहरूले हेलिकोप्टर दुर्घटना भएको जानकारी आफूहरूलाई दिएको थाहाखबरलाई जानकारी दिए।‘दुर्घटना भएको स्थानमा उद्धारका लागि प्रहरी टोली परिचालन भइसकेको र सदरमुकामबाट घटनास्थलसम्म पुग्न करिब डेढ घण्टा लाग्छ’, उनले भने। सोलुखुम्बुदेखि काठमाडौं आउँदै गरेको विदेशी यात्रुसहितको 9N–AMV...










