Thursday, April 16, 2026
Home Blog Page 301
एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन (एन.आर.एन.ए) ले नेपालको ग्रामीण क्षेत्रको शिक्षामा सुधार गर्नको लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ।सहरी क्षेत्रमा रहेका सुविधा सम्पन्न विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूले गुणस्तरीय शिक्षा र आधुनिक सुविधाहरूको प्रयोग गर्न पाउने गरेको भए पनि ग्रामीण क्षेत्रमा रहेको विद्यालयहरूले आर्थिक अभावमा समस्या भोग्दै आएकाले ती विद्यालयहरूलाई सघाउन उद्देश्य राखिएको छ।एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन अध्यक्ष...
काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विभिन्न मित्रराष्ट्र मुलुकसँग भएका विकास सम्झौता कार्यान्वयन चरणमा रहेको बताएका छन्। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सोमबार उनले नेपाल र अमेरिकी सरकारको सहयोग अनुदानसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अन्तर्गतको परियोजना भदौदेखि कार्यान्वयनमा जाने बताए।मन्त्री साउदले पाँच वर्षमा सम्पन्न हुने गरी एमसिसी परियोजना सञ्चालन हुने जानकारी दिए। उनले चीन सरकारसँग भएको...
काठमाडौं : विश्व जनसंख्या दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको नारा ‘लैंगिक समानतालाई बनाऔं अपरिहार्य रिवाज : सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ तय गरिएको छ । जनसंख्या व्यवस्थापनसम्बन्धी मुद्दामा केन्द्रित रही आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रमा परेको प्रभावप्रति सजग हुन जनसंख्याका अन्तरसम्बन्धका बारेमा राजनीतिक इच्छाशक्ति बढाउँदै स्रोतसाधन परिचालन गरी उपलब्धिलाई दिगो बनाउने सन्दर्भमा आम जनमानसमा सचेतना फैलाउन...
झापा : झापाको गौरादहमा एक युवाले आत्मदाह गरेका छन्। गौरादह नगरपालिका–१ गौरादह घर भएका रोशन साहले आज बिहान करिब ४ बजे बन्द कोठामा शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बन्द कोठामा सुतिरहेको अवस्थामा उनले आफूलाई आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। मृतक साहकी एक श्रीमती र एक...
काठमाडौं : मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।सोलुखुम्बुदेखि काठमाडौं आउँदै गरेको विदेशी यात्रुसहितको 9N–AMV कलसाइन हेलिकोप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। हेलिकोप्टरको खोजी कार्य जारी रहेको उनले बताए।
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न. ५ मा   सवारी दुर्घटना भएको छ । सोमबार साझ सोही वडाका अध्यक्ष जयन्द्र खडकाले चलाएको बा. १२ च १९३० नं को कार आफै अनियन्त्रित भई दुर्घटना भएको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार डेकोचाबाट  चाँगु तर्फ जाँदै गर्दा  वडा अध्यक्ष आफैंले चलाएको कार दुर्घटना भएको हो ।वडाअध्यक्ष  खड्का घाइते भइ उपचारको लागी स्थानिय...
म्याड्रिड : सेनेगलबाट स्पेनका लागि हिँडेका तीनवटा डुङ्गामा सवार करिब तीन सय आप्रवासी बेपत्ता भएका छन्। भू-मध्यसागरको क्यानरी टापुमा उनीहरु बेपत्ता भएको आप्रवासी सहायता समूह वाकी बोर्डरले जनाएको छ। सेनेगलबाट स्पेन पुग्ने प्रयास गरेको १५ दिनदेखि उनीहरु हराइरहेको वाकिङ् बोर्डर्सकी हेलेना मालेनोले बताइन्। दुईवटा डुंगामा १२० जना र तेस्रो डुंगामा करिब २०० जना सवार थिए। पश्चिम अफ्रिकाको...
काठमाडौं : साउन आउन एक साता बाँकी रहँदा सनातन धर्मावलम्बीले साउने सोमबारको व्रत शुरु गर्दैछन्। साउन महिनामा पहिलो सोमबार १ गते नै परेको छ। त्यसोभए किन आज शुरु गरिँदैछ, साउने सोमबारको व्रत।नेपाली जनजीवनमा दुई प्रकारका पात्रो चलेका छन्, पहिलो सौरपात्रो, अर्को चान्द्रमान पात्रो। सूर्यको मानअनुसार अर्थात् सूर्य उदयलाई आधार मानेर सौर पात्रो चल्छ भने चन्द्रमालाई आधार मानेर चान्द्र पात्रो...
बैतडी : बैतडीमा लम्पी स्कीन रोग नियन्त्रणबाहिर गए पनि पर्याप्त खोप छैन। यो रोग नियन्त्रणबाहिर गए पनि जिल्लामा हालसम्म खोप उपलब्ध हुन नसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशुविकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डाक्टर विशाल पाठकले जानकारी दिए। महामारीका रुपमा फैलिएको यो रोगबाट हालसम्म ६४ हजार १९७ घरपालुवा पशु संक्रमित छन्। रोगका कारण ...
भोजपुर : भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ। गोली लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए। घटना यही असार २२ गते रातिको हो। ोली लागेर साथी...