Sunday, September 20, 2026
Home राजनीति प्रचण्ड पत्नी सीताको निधनमा पूर्वराजारानीद्वारा शोक व्यक्त

प्रचण्ड पत्नी सीताको निधनमा पूर्वराजारानीद्वारा शोक व्यक्त

38

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले शोक व्यक्त गरेका छन्। सीता दाहालको बुधबार नर्भिक अस्पतालका उपचारका क्रममा निधन भएको हो।

पूर्वराजारानीका तर्फबाट प्रमुख सचिव पशुपतिभक्त महर्जनले कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालय पुगेर सीता दाहालप्रति समवेदना व्यक्त गरेका हुन्। उनले माओवादीका महासचिव देव गुरुङलाई भेटेर पूर्वराजारानीको समवेदना सुनाएका थिए।