Thursday, April 16, 2026
Home Blog Page 295
काठमाडौं : पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्। आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक-दुईवटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए।उनले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिष्ट मोर्चाहरू...
काभ्रे : जिल्लाको विकट खानीखोला गाउँपालिका–३ का कृष्णबहादुर थिङ (ढुंगाना) जीवितै छन्। तर उनको १७ वर्ष पहिले नै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा मृत्यु भएको छाप लागेको छ। त्यति मात्र नभई कृष्णबहादुरको नाममा भएको जग्गासमेत मालपोत कार्यालयबाट अरूकै नाममा पास भइसकेको छ। झट्ट सुन्दा कथा जस्तो लाग्ने, अपत्यारिलो लागे पनि कृष्णबहादुर र उनको परिवारले भोगेको यो यथार्थमा घटना हो। कृष्णबहादुरले खानीखोला–३...
काठमाडौं : लघुवित्त पीडितहरूले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन्। माइतीघरमा जम्मा भइ ३ सयभन्दा बढी लघुवित्त पीडितहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्।गत सातादेखि माइतीघरमा आमरण अनसन बसेका लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीलाई साथ र समर्थन दिन भन्दै आज विभिन्न जिल्लाबाट लघुवित्त पिडितहरु काठमाडौं आइपुगेका हुन्।
दैलेख : जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका दुई बालिकाको डुबेर मृत्यु भएको छ। उनीहरूको बिहीबार साँझ करिब ६ बजेतिर पोखरीमा डुबेर मृत्यु भएको हो। मृत्यु हुनेमा चामुण्डा–३ पानीखोलाका बमबहादुर खप्तडी मगरकी ५ वर्षीया छोरी सपना र सोही ठाउँकी लीला खप्तडीकी ८ वर्षीया छोरी विपना खप्तडी मगर रहेको दैलेख प्रहरीले जनाएको छ।बिहीबार साँझ घर नजिकै पोखरीमा नुहाउन गएका उनीहरूको डुबेर...
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संविधानमा रहेका तीन वटा विषयमा असहमति जनाएका छन्। शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता भण्डारीले संविधानमा उल्लेख भएको धर्मनिरपेक्ष, संघीयता र निर्वाचन प्रणालीबारे असन्तुष्टि जनाएका हुन्। ‘संविधानमा तीन वटा कुरामा असहमति छ। एउटा सनातनदेखिको हाम्रो धर्म संस्कार र संस्कृतिको विरूद्धमा योजनाबद्ध ढंगले नेपालको संविधानमा धर्मनिरपेक्ष शब्द हटाउनुपर्छ। दोस्रो संघीय संरचनामा...
काठमाडौँ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  करिब सय किलो सुन बरामद गरेको छ। भन्सार छली गरी ल्याएको उक्त सुन प्रकरणमा बुधबार साँझ दुई र बिहीबार बिहान ४ गरी कुल ६ जना पक्राउ परेका छन्।सुन प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरी र भन्सार विभागका अनुसार उक्त प्रकरणमा हालसम्म दोलखाका रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय...
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ । यस क्रममा महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संरचना हटाएको छ । वीरगञ्ज सहरको मुख्य नाला अतिक्रमण गरी सञ्चालित क्लासिक होटल र कर्पोरेट बैंकलाई संरचना हटाउन पटकपटक पत्राचार गरे पनि अटेर गरेकाले भत्काएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।...
झापा । झापाको कनकाई- १ दुर्गापुरमा सवारी दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा गौरादह घर भएका कुमार दर्जी रहेका छन्।ट्राफिकले चेकजाँच गरिरहेको सवारीमा आएर मोटरसाइकल ठोक्किएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। पानी बोक्ने गाडी जाँच भइरहेको बेला मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो।
काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।  नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६०० कायम भएको छ। जुन हालसम्मकै उच्च हो ।बिहीबार बजारमा छापावाला सुन १ लाख १३ हजार ६०० र तेजाबी सुन १ लाख १३...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बरामद गरिएको झण्डै सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ। विभागले बिहीबार बिहानै अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन गरेको हो।समितिलाई विमानस्थलको भन्सार जाँचपास गर्न संलग्नहरुमाथि छानबिन गर्ने कार्यादेश दिइएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। विभागले भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गरेर अनुसन्धानलाई...