Sunday, October 11, 2026
Home समाचार यी हुन् सय किलो सुन प्रकरणमा पक्राउ परेका ६ जना

यी हुन् सय किलो सुन प्रकरणमा पक्राउ परेका ६ जना

108

काठमाडौँ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  करिब सय किलो सुन बरामद गरेको छ। भन्सार छली गरी ल्याएको उक्त सुन प्रकरणमा बुधबार साँझ दुई र बिहीबार बिहान ४ गरी कुल ६ जना पक्राउ परेका छन्।

सुन प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरी र भन्सार विभागका अनुसार उक्त प्रकरणमा हालसम्म दोलखाका रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा गरी छ जना पक्राउ परेका हुन्।

उक्त प्रकरणमा बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको थियो। उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको स्रोतको दाबी छ। विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएको उक्त स‍ुनको प्रकरणमा अनुसन्धान कार्य भइरहेको विभागले जनाएको छ। विभागका अनुसार उक्त घटनामा विभागका कर्मचारी संलग्न भएको पाइएमा तत्काल कारबाही एवम् निलम्बन गरिनेछ।