भक्तपुर । स्व. गायक अरुण थापाको २४ औं स्मृति दिवसको अवसरमा भोली ५ गते शुक्रबार भक्तपुरमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । पलासेस्थित फनभ्याली भित्र दिउँस २ बजेपछि सांंगीतिक श्रद्धान्जली कार्यक्रम हुनेछ । रागरागिनी इन्टरटेन्टमेन्ट प्रालिका कार्यकारी निर्देशक तथा कार्यक्रम संयोजक कपिल कस्पालले गायक अरुण थापाको २४ औं स्मृति दिवसको दिनमा सांगीतिक श्रद्धान्जली कार्यक्रम तय गरिएको जानकारी दिए...
हङकङबाट ल्याइएको सुन विमानस्थल भन्सार पार गरेर ट्याक्सीमा राखेर निकालिएपछि राजस्व अनुसन्धानको टोलीबाट सिनामंगलमा बरामद, सम्भवतः सबैभन्दा ठूलो परिमाणको सुन समातिएको अधिकारीहरूको दाबी
सुनको बिस्कुटलाई स्कुटरको ‘ब्रेक सु’ भित्र कभर गरेर ल्याइएको थियोकाठमाडौं । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्याइएको करिब एक क्विन्टल सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो भने...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis)हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)हाल देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा...
काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आव २०७९÷८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको उक्त केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले राससलाई जानकारी दिए।उनका अनुसार आर्थिक वर्ष सुरु भएको मितिले ६० दिनभित्र सार्वजनिक जिम्मेवारीमा...
हेटौंडा : बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले यहाँका ठूला ४ अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन्।अस्पतालले पार्किङ शुल्क लिएको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका सम्बन्धित लाई टेलिफोन गरी निर्देशन दिएका हुन्।मन्त्री जोशीले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न यस्तो...
काठमाडौं : काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ। सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिएको छ। बम डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर भइसकेको परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए।‘गौशालाका डिएसपी नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको छ। हामीले...
काठमाडौं : नेपालमा डेंगु देखा परेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्य योजना बनाइ लागू गरेको छ।सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षीक कार्य योजना बनाइ लागू गरेको यो पहिलो पटक हो। यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो। यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्य योजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली जाने भएका छन्। आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री दाहालको इटाली भ्रमण स्वीकृत गरेको हो। युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन प्रधानमन्त्री दाहाल साउन ७ इटाली जान लागको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। उनी इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको शर्माको भनाइ...
काठमाडौं : मंगलबार मलमास अर्थात् पुरुषोत्तम मास शुरु भएको छ। पञ्चाङ्गहरूले साउन २ देखि देखि ३१ गतेसम्म मलमास रहने उल्लेख गरेका छन्।के हो अधिकमास?चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ। ाम्रो प्रचलनमा रहेको पात्रो सौर र चान्द्र गरी दुई प्रकारले चलेको छ। दैनिक कामकाजका लागि सौरमानअनुसार चल्ने विक्रम संवत् चलिरहेको छ भने धार्मिक कार्यका...
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०७९÷८० मा मुद्दा फर्छ्यौटको लक्ष्य पूरा गरेको छ। बितेको आवमा दुई हजार तीन सय १३ मुद्दा फर्छ्यौटको लक्ष्य लिएकामा दुई हजार तीन सय १४ मुद्दा फर्छ्यौट गरेको अदालतले जनाएको छ। ती मुद्दा फर्छ्यौट एवं कार्यान्वयनका क्रममा आठ सय ७६ वर्षको कैद असुल गरिएको छ। उक्त आवमा असुल गर्नुपर्ने दुई हजार एक...










