काठमाडौं : ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गरेका हुन्। विश्व बाघ दिवसको अवसर पारेर शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४÷१५ सिटको हुने सो...
शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्गमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्। राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुई वटा बस एकआपसमा ठोकिँदा उक्त हताहति भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए। अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक यात्रुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। अन्य...
तनहुँ : व्यास नगरपालिका–१० स्थित मादी नदीमा आज एक पुरुषको शव फेला परेको छ । बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो । अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ। शवलाई...
म्याग्दी : विद्यालय पोशाकमा विद्यार्थीहरु कहिले खेतबारीमा किसानसँगै काम गर्दै गरेको देखिन्छन्। कहिले तरकारी तथा फलफूलबारीमा मल विऊ राख्दै त कहिले गोडमेल गर्दै गरेका भेटिन्छन्।तिनै विद्यार्थीहरु कहिले आलुको बिउ ग्रेडिङ गरिरहेका हुन्छन् त कहिले च्याउ खेतीको तालिम लिइरहेका हुन्छन्। किसानका गोठ गोठमा पशुको उपचारका लागि पनि तिनै विद्यार्थीहरु पुग्छन्। ती विद्यार्थीहरु विमको किसानी कृषि प्राविधिक शिक्षालयका कृषि र पशु...
काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिति र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्। गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने बताए। वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सुशासनबिना समृद्धिको यात्राले फड्को...
भक्तपुर । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले ब्याग वितरण गरेको छ। संघको स्थापना दिवसको अवसरमा आज भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङ्गमा अवस्थित श्री गणेश माध्यमिक विद्यालयका आर्थिक रूपले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई ब्याग वितरण गरेको हो।कार्यक्रमका मुख्य संयोजक बुद्धि कुमार मुस्याख्वले "शिक्षा मात्र होईन व्यवहारिक ज्ञान" पनि अहिलेको समयमा अति आवश्यक भएको कुरा बताए। श्री गणेश माध्यामिक...
काठमाडौं : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ।कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ।
शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन्। आयोगका अनुसार भदौ ८ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ...
पर्वत : डोरी समातेर झरनामा तल माथि आउजाउ गर्ने खेल क्यानोनिङ खेल्दा कास्कीमा एक युवतीको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार माछापुच्छ्रे गाउँपालिका–९ घलेलमा रहेको पोखरा कार्यान्वयन क्यानोनिङ गर्ने क्रममा २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको हो।पोखरा महानगरपालिका–बुढीबजारमा घर भएकी भण्डारी बुधबार दिउँसो झरनामा अचानक लडेर घाइते भएपछि उपचारको लागि पोखरा...
काठमाडौं : बागमती प्रदेशसहित उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि घटेको छ। बागमती प्रदेश सरकारले आजैदेखि लागू हुने गरेर सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि प्रदेशभित्र चल्ने सवारी साधनको भाडादर घटाएको बागमती प्रदेश सरकार,श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव तिर्थराज भट्टराईले जानकारी दिए। आजदेखि लागू हुने गरेर प्रदेशभित्र चल्ने लामोदूरीका...
कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ। प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेती सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ। उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए।
कुवेती अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको...










