Wednesday, October 28, 2026
Home समाचार कृषि प्राविधिक शिक्षालयका विद्यार्थी पढ्दै, कमाउँदै

कृषि प्राविधिक शिक्षालयका विद्यार्थी पढ्दै, कमाउँदै

24

म्याग्दी : विद्यालय पोशाकमा विद्यार्थीहरु कहिले खेतबारीमा किसानसँगै काम गर्दै गरेको देखिन्छन्। कहिले तरकारी तथा फलफूलबारीमा मल विऊ राख्दै त कहिले गोडमेल गर्दै गरेका भेटिन्छन्।तिनै विद्यार्थीहरु कहिले आलुको बिउ ग्रेडिङ गरिरहेका हुन्छन् त कहिले च्याउ खेतीको तालिम लिइरहेका हुन्छन्। किसानका गोठ गोठमा पशुको उपचारका लागि पनि तिनै विद्यार्थीहरु पुग्छन्। ती विद्यार्थीहरु विमको किसानी कृषि प्राविधिक शिक्षालयका कृषि र पशु विज्ञानमा अध्ययनरत विद्यार्थीहरु हुन्। म्याग्दीको मालिका गाउँ पालिका वडा नं ७ मा अवस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरुले पढ्दै,सिक्दै र कमाउँदै गर्न थालेपछि प्राविधिक शिक्षाप्रति विद्यार्थीहरुको आकर्षण बढेको छ भने स्थानीयलाई सुविधा र विद्यार्थीलाई आम्दानी दुवै प्राप्त भएको छ। विसं २०६८ मा जिल्लामा नै पहिलोपटक सञ्चालन भएको किसानी कृषि प्राविधिक शिक्षालयले १२ वर्षको अवधिमा पाँच सय बढी कृषि प्राविधिक उत्पादन गर्नुका साथै शिक्षालयको भौतिक पूर्वाधारमासमेत उल्लेख्य सफलता प्राप्त गरेको छ।कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन्।कृषि विषय अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएपछि शिक्षालयमा भौतिक पूर्वाधार थप गरिएको छ।