काठमाडौं : मिटरब्याजसम्बन्धी ‘मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः पारित भएको छ।बिहीबार बसेको राष्ट्रियसभाको बैठकले सभाका सचिव डा. सुरेन्द्र अर्यालले टेबुल गरेको विधेयक सर्वसम्मत पारित भएको हो। सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो।राष्ट्रियसभाबाट संशोधन स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि...
बारा : बारामा श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने श्रीमान पक्राउ परेका छन्। सिमौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली बस्दै आएका राज चुडिहारले बुधबार बिहान ३ बजेको समयमा सुतिरहेकी २७ वर्षीया श्रीमती आसमी चुडिहारलाई धारिलो हतियारले घाँटीमा पटकपटक प्रहार गरी हत्या गरेका हुन्। स्थानीय जाहिर चुडीहारका ज्वाँइ भारत बिहार राज्यको पूर्वी चंपारण जिल्लाको पोखरिया निवासी ३६ वर्षीय राज...
काठमाडौं, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-२ पाँचधारा घर भई सोही नगरपालिका-६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। महर्जनले ती बालिकालाई सोही नगरपालिका-४ सितापाईलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।दाङ, १७ वर्षीया किशोरीलाई जबरजस्ती...
गुल्मी : जिल्लामा विपद्का घटनाबाट एक आर्थिक वर्षमा १७ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा विभिन्न विपद्का घटनामा १७ जनाको मृत्यु भएको छ ।बाढी र डुवानका कारण आठ, आगलागीमा ६ र चट्याङ लागेर तीनजनाले ज्यान गुमाएको प्रधानले जानकारी दिए । यो अवधिमा विपद्का घटनामा परी...
कपिलवस्तु : कपिलवस्तुको कपिलवस्तु नगरपालिकास्थित नयाँ टोलबाट स्रोत नखुलेको ४८ लाख नगदसहित एक जना पक्राउ परेका छन् ।मंगलबार साँझ ६ बजेतिर सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ बरामद गरिएको हो।स्थानीय रामदेव...
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सकिँदैछ। गत साउन २ गतेदेखि जारी बैठक आज सकिन लागेको हो। ललितपुरस्थित केन्द्रिय कार्यालय सानेपामा बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। आजको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। विश्वकर्माका...
दाङ : चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बोर्डले मोफसल केन्द्रित कार्यक्रमहरु ल्याएको बताएका छन्। चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले सोमवार घोराहीमा गरेको साक्षात्कार कार्यक्रममा उनले बोर्डले आर्थिक वर्ष ०८०/८१ मा मोफसलमा बनेका चलचित्रहरुलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु ल्याएको बताए।बोर्डले मोफसलमा निर्माण भएका ३ वटा लघु चलचित्रलाई अनुदान दिने उनको भनाइ छ। मोफसलमा निर्माण भएका मौलिक चलचित्रहरुलाई प्रवर्द्धन गर्न...
बागलुङ : बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन्। घटना स्थलमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक राजाराम खड्काको टोली पुगेर अनुसन्धान सुरु गरेको छ। सोमबार राति बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित आशा होटल एण्ड खाजा घरको तल्लो तलामा पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना...
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले परीक्षा सञ्चालनमा अर्को चरम लापरबाही गरेको पाइएको छ। सोमबार स्नातक तह चार वर्षे ‘'इन्ट्रोडक्सन टु टुरिजम' डेभलपमेन्ट’ विषयको परीक्षामा भारतीय पाठ्यक्रमको प्रश्न सोधेपछि यतिखेर यसको चर्को आलोचना भइरहेको छ। बीए तेस्रो वर्षअन्तर्गत हिजो ‘'इन्ट्रोडक्सन टु टुरिजम' डेभलपमेन्ट’ विषयको परीक्षामा त्रिविले अर्कै विषयको प्रश्नपत्र बाँडेपछि विद्यार्थीहरू अलमलमा परेका थिए। त्यसपछि विद्यार्थीहरूले आवाज उठाए। करिब एक घण्टा...
खोटाङ : दिक्तेल–रूपाकोट मझुवागढी नगरपालिकाले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक हटाएको छ। अब खुला प्रतिस्पर्धामार्फत नयाँ प्रधानाध्यापक नियुक्त गर्ने नगर कार्यपालिकाको तयारी छ। संघीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनोट तथा व्यवस्थापनसम्बन्धी कार्यविधिले व्यवस्था गरेबमोजिम प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। ‘विज्ञापन गरेर पुनः प्रधानाध्यापक नियुक्त नभएसम्म हालका प्रधानाध्यापकलाई निमित्त दिएर कामकाज गर्ने...









