काठमाडौं : नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक प्रत्यक्ष (लाइभ) गर्ने भएको छ। साउन १७ गतेबाट बस्ने केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय भएको सचिव दीनानाथ शर्माले जानकारी दिए। उनले लोकतान्त्रिक प्रणालीमा सबैलाई बोल्ने अधिकार भएकाले समय तोकेर बोल्न दिने जानकारी दिए।केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको उनले...
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ ।
यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ।यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको...
पहिला हामीले आफूलाई उपयुक्त हुने ब्रस लिनुपर्छ। बजारमा नरम, मध्यम, कडा र अर्थोडोन्टिक ब्रस पाइन्छ। नरम खालको ब्रस वृद्धहरूले प्रयोग गर्न सक्छन्।मध्यम खालको ब्रस दाँत सामान्य हुनेले प्रयोग गर्न सक्छ। कडा र साह्रो खालको ब्रस बांगोटिंगो दाँत सफा गर्न काम लाग्छ। यसले दाँतको चेपमा अड्किएको खाना निकाल्न सहयोग गर्छ।ब्रसमा केराउको दाना जति मञ्जन राख्नुपर्छ। त्यस्तो मञ्जन फ्लोराइडयुक्त हुनुपर्छ।सर्वप्रथम हामीले...
काठमाडौं : कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासबारे आज पनि काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ। छलफलमा सहभागी हुन गठबन्धनमा आवद्ध कोशी प्रदेश संसदीय दलका नेताहरु पनि काठमाडौं आइपुगेका छन्। छलफलका लागि शीर्ष नेताले आफूहरुलाई बोलाएको र बैठक अहिले केहीबेरमा सुरु हुने माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए। कोशीमा बहुमत पु¥याउन सत्ता गठबन्धनले राष्ट्रिय...
काठमाडौं : युक्रेनसँगको शान्ति वार्ताका लागि रुस सकारात्मक बनेको छ। चिनियाँ र अफ्रिकी कुटनीतिज्ञसँगको भेटपछि राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको वार्ताका लागि तयार रहेको बताएका हुन्। पुटिनले यसअघि युक्रेनी सेना युद्धको मोर्चामा रहेकाले शान्ति वार्ताका लागि आग्रह गर्न युद्ध विराम गर्नसमेत कठिन भएको दाबी गरेका छन्। रुस र युक्रेनबीच यसअघि पनि पटक-पटक वार्ताको प्रयास भएको छ। तर दुवै पक्षको...
काठमाडौं : नेपाल प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ।जिल्ला प्रहरी परिसर काठमाडौं का सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले विभिन्न स्थानबाट काठमाडौं आएका यात्रुलाई जबर्जस्ती...
काठमाडौं : वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ। पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए।उनका अनुसार नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको...
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताएका छन्।आइतबार चितवनको नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा महरले केन्द्रीय समितिको बैठकले पार्टी र सरकार दुवैलाई सशक्त रुपमा अगाडि बढ्न सहयोग पुगेको बताए। उनले पार्टीले जनताका मुद्दामा सरकारलाई निर्देशन गर्ने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध भएर भएर लाग्न अनुरोधसमेत गरेको बताए। ‘गठबन्धनको सबैभन्दा ठूलो दलले...
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताएका छन्।
नेपाली कांग्रेस चितवनले आइतबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको स्पष्ट पारे। उनले अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाणको विषयमासमेत मुद्दाको...
काठमाडौं : नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ। त्रिभुवन आर्मी क्लबको ४२ सदस्यीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो। फुटबलका पूर्व राष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङ नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क...










