Wednesday, September 30, 2026
Home अन्तर्राष्ट्रिय सवारी दुर्घटना : ६ जनाको मृत्यु, २१ घाइते

सवारी दुर्घटना : ६ जनाको मृत्यु, २१ घाइते

32

शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्गमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्। राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुई वटा बस एकआपसमा ठोकिँदा उक्त हताहति भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए। अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक यात्रुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। अन्य घाइते यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बुलढाना जिल्लाको मलकापुर नगरस्थित रहेको रेलवे पुलमा अमरनाथ यात्राबाट हिङ्गोलीतर्फ गइरहेको बस र नागपुरबाट नासिकतर्फ गइरहेको अर्को बस एक आपसमा ठोकिएका थिए। दुर्घटनाको अनुसन्धान भइरहेको छ।