काठमाडौं : भारत-नेपाल सीमा सुरक्षा बल (एसएसबी)ले दुई जवानलाई निलम्बन गरेको छ। पाकिस्तानी नागरिक सीमा हैदर मार्फत देशमा प्रवेश गरी दिल्ली नजिकैको ग्रेटर नोएडा पुगेको यात्रु बसको जाँचमा कर्तव्यमा लापरवाही गरेको आरोपमा एक इन्स्पेक्टर र एक जवानलाई निलम्बन गरेको हो। सशस्त्र सीमा बल एसएसबीको ४३ औं बटालियनका इन्स्पेक्टर सुजितकुमार वर्मा र प्रहरी हवल्दार चन्द्र कमल कलिताले गत वैशाख ३...
चितवन : जिल्लामा उत्पादन हुने केरामा सबैभन्दा बढी विषादी भेटिएको छ। कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो। कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९/८० मा ७१८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको हो। केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ। चालु...
दाङ : दाङमा ओभरलोड बोक्ने मालबाहक ट्रकलाई ट्रक समितिले नै कारबाही गर्ने अभियान सुरु भएको छ। राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समिति दाङले विगत एक हप्तादेखि यो अभियानलाई कडाइका साथ लागू गरेको छ। विशेषगरी पूर्व—पश्चिम राजमार्ग भई चल्ने मालबाहक ट्रकहरूलाई लक्षित गरी ओभरलोड बोक्ने ट्रकलाई कारबाही अभियान सञ्चालन गरिएको ट्रक समितिले जनाएको छ। दाङको देउखुरीमा एक हप्ताको अवधिमा ओभरलोड...
काठमाडौँ : नेपाली कांग्रेसले डेङ्गु रोगको महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको छ। डेङ्गु रोगको महामारीले मुलुकको पूर्वी भूभाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म केही व्यक्तिको ज्यान गइसकेको छ भने उक्त रोगको सङ्क्रमणका कारण सयौँको सङ्ख्यामा नागरिक सिकिस्त बिरामी परेका छन्। सो रोग फैलिने...
पाल्पा : पाल्पामा दुई बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।तानसेन नगरपालिका-८ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।गत आइतबार बिहान ९ बजे ११ वर्षीया बालिकालाई उनले बलात्कार गरेको आरोप लागेको छ। सोही दिन दिउँसो १ बजे १३ वर्षीया अर्की बालिकालाई बलात्कारको प्रयास गरेको थापाले...
काठमाडौं : सहकारी पीडितहरूले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन्। माइतीघरदेखि बानेश्वरतर्फ अघि बढेको पीडितहरुको जुलुसलाई प्रहरीले बिजुलीबजारमा रोकेको थियो। प्रहरीले हस्तक्षेप गरेपछि पीडितहरु पुलमै सडक बन्द हुनेगरी धर्नामा बसे । त्यसपछि प्रहरीले उनीहरुलाई हस्तक्षेप गरी सडक खुलाएको छ। प्रदर्शनकारीहरू नयाँबानेश्वर पुगेका छन्। त्यहाँ निषेधित क्षेत्र तोड्न प्रदर्शनकारी प्रयासरत छन् भने उनीहरूलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।सहकारीहरूले निक्षेप...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेको छ। बिहीबार दिउँसो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए। सांसद श्रेष्ठले विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडान दोहोर्याए।एमालेले सुन प्रकरणको विषयलाई लिएर...
न्यूयोर्क : ७८ वर्षीय इन्जिनियरले गत वर्ष आफन्तसँग फोनमा हिन्दीमा कुरा गरेको भन्दै जागिरबाट निकालिएको दाबी गरी मुद्दा दायर गरेका छन्। भारतीय मूलका अमेरिकी इन्जिनियर अनिल वार्ष्णेयले अमेरिकी रक्षामन्त्री लोयडअस्टिनविरुद्ध मुद्दा दायर गरेका छन्। साथै उनले मिसाइल डिफेन्स कन्ट्रेक्टर पार्सन्स कर्पोरेशनमाथि पनि उजुरी गरेका छन्। आफूमाथि भेदभावपूर्ण व्यवहार गरेको उनले आरोप लगाएका छन्।सन् २०२२ को सेप्टेम्बर २६ तारिखमा भारतमा...
काठमाडौं : काठमाडौं महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्ध खोप अभियान सञ्चालन गर्ने भएको छ। यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि यो अभियान सञ्चालन गर्न लागिएको हो। कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते २ दिन कार्यक्रम चलाइनेछ। यसैगरी...
तनहुँ : छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक महिलालाई जिल्ला अदालत तनहुँले तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको हो। जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले यो फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए। सुष्माले २०७७...









